
- चितवनको भरतपुरमा गए राति हात्तीको आक्रमणबाट आमा र छोराको मृत्यु भएको छ।
- हात्ती धपाउने क्रममा बालिएको आगोले पीडितको कच्ची घरमा आगलागी भएको थियो।
- प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको उक्त आगोले घरमा क्षति पुर्याएको छ।
काठमाडौ – चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट दुई जनाको मृ`त्यु ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गए राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरतको हात्तीको आक्रमणबाट मृ`त्यु भयको हो ।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आ`गो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको थियो । आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ ।
