दुर्घटनामा घाइते मोटरसाइकल चालकको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीको धनार्जेमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
  • इस्मा गाउँपालिकाका ३२ वर्षीय धनिश्वर बस्नेतको उपचारका क्रममा निधन भएको हो।
  • दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एकजना व्यक्ति सामान्य घाइते भएका छन्।

गुल्मी ।गुल्मीको धुर्कोट गाउँपालिका–५ धनार्जेमा आइतबार साँझ टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा इस्मा गाउँपालिका–६ अम्मरपुरका ३२ वर्षीय धनिश्वर बस्नेत रहेका छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
बस्नेतको शव गुल्मी अस्पतालमा ल्याइएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २३ वर्षीय कमल पछाई सामान्य घाइते भएका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
गोकर्ण पाण्डे
लेखकको बारेमा

गोकर्ण पाण्डे

पाण्डे नेपाल खोज खबरका गुल्मी संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?