icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी

काठमाडौं असार १६ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अब आफूले पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सबै सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी थालेकी छन्। नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेशको घोषणा गरेसँगै उनले यसअघि शीतल निवाससमेत छाडिसकेकी थिइन्।

Workplace

उनी निकट स्रोतका अनुसार, भण्डारीले आगामी १ साउनदेखि लागू हुने गरी बाँकी सेवा–सुविधा फिर्ता गर्न सम्बन्धित निकायमा पत्र पठाउने तयारी गरेकी छन्।
स्रोत भन्छ– “शीतल निवासबाट फर्किएपछि निवास खर्च, तलब, इन्धन खर्चजस्ता सेवा नलिने निर्णय उहाँले पहिले नै गर्नुभएको थियो। अब बाँकी सुविधा पनि फिर्ता गर्ने तयारीमा हुनुहुन्छ।”

हाल सरकारले पूर्वराष्ट्रपतिलाई दुई जना स्वकीय सचिवको तलब, सुरक्षाकर्मी बस्ने घरको भाडा, र इन्धन खर्च उपलब्ध गराउँदै आएको छ। यस्ता सुविधा अब बन्द हुने स्पष्ट संकेत पूर्वराष्ट्रपतिका निकटवर्तीसँग प्राप्त भएको छ।

पूर्वराष्ट्रपति भण्डारीले यसअघि १४ असारका दिन आयोजित मदन जयन्ती कार्यक्रममा खुलेर पार्टी सदस्यता नवीकरण गरेको सार्वजनिकरूपमा जानकारी गराएकी थिइन्। त्यसपछि एमालेभित्र उनी पुनः सक्रिय राजनीतिमा फर्किएको संकेतका रूपमा यसलाई हेरिएको छ ।

राजनीतिक पृष्ठभूमि बारे विद्यादेवी भण्डारी नेपालकी दोस्रो राष्ट्रपतिको रूपमा   निर्वाचित भएकी थिइन्। त्यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की प्रभावशाली नेतृको रूपमा चिनिन्थिन्। लामो समय महिला आन्दोलन, पार्टी संगठन र संसदमा क्रियाशील रहँदै आएकी भण्डारी तत्कालीन प्रधानमन्त्री मदन भण्डारीकी पत्नी समेत हुन्, जसको स्मृतिमा आयोजित कार्यक्रमबाटै उनले पुनः सक्रिय राजनीतिमा फर्किने घोषणा समेत  गरेकी हुन्।

पूर्वराष्ट्रपतिले पुनः पार्टीको सदस्यता लिएको जानकारी दिनुका साथै सरकारी सुविधा फिर्ता गर्न लागेको घोषणालाई अब आम जनमानसले कसरी हेर्छ त्यो भने पोछी थाहा हुने कुरा हो ।

नेपाल खोजखबरलाई प्राप्त विशेष जानकारी अनुसार
पूर्वराष्ट्रपति भण्डारीको यो निर्णयले नजिकिँदै गरेको राजनीतिक परिदृश्यमा नयाँ केही उर्जा  ल्याउने आँकलन गरिएको छ। एमालेभित्र उनी पुनः के भूमिकामा सक्रिय हुने हुन् भन्ने विषयमा भने  औपचारिक जानकारी आउन बाँकी नै छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?