सुनको भाउ आज तोलामा ६ हजार २ सय रुपैयाँले बढेयो

समाचार सारांश
Auto Generated by AI
  • तीन दिनमा घटेको सुनको भाउ आज तोलामा ६ हजार २ सय रुपैयाँले बढेको छ।
  • आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
  • चाँदीको मूल्य पनि तोलामा १ सय ८० रुपैयाँ बढेर ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ।

काठमाडौ – तीन दिनमा ६ हजार ५ सय घटेको सुनको भाउ आज उच्च दरमा बढेको छ। सुनको भाउ आज तोलामा ६ हजार २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Workplace

मूल्य बढेर आज सुनको भाउ तोलाको २ लाख ८३ हजार ५ सय पुगेको छ।

सुनको मूल्य हिजो तोलामा ६ सय रुपैयाँ घटेर २ लाख ७७ हजार ३ सयमा झरेको थियो।

मंगलबार सुनको भाउ तोलामा ४५ सय र सोमबार १४ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। तोलामा १८० रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार २ सय ७० रुपैयाँ थियो।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?