नवलपरासीको सुनवल –६ मा रहेको पोखरीमा एकै घरका दाजुभाइ मृ*त फेला

नवलपरासी –  । नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका –६ सगरमाथा टोलमा रहेको पोखरीमा दुई दाजुभाइ मृ*त फेला परेका छन् । हिजो बिहान १० बजे घरबाट खाना खाएर हिडेका दाजुभाइ साझँ करिब ५ बजे पोखरीमा मृ*त फेला परेका हुन् ।

Workplace

मृ*त्यु हुनेमा सुनवल –६ पुलटोल निवासी विष्णु कवंरका १० बर्षिय छोरा विप्सन कवंर र ८ वर्षिय छोरा दिप्सन कवंर रहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिएका छ्न । साँझ ५ बजे पोखरीमा एक मृ*त बालक तैरिहरेको स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

पोखरीको छेउमा दुईवटा बालकको कपडा देखेपछि अर्को बालक पनि त्यहिँ पोखरीमा डुबेको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो । तत्पश्चात प्रहरी र स्थानीयले पोखरीभित्रै पसेर खोजीगर्दा पोखरी भित्र गडेको अवस्थामा अर्को मृ*त बालक फेला परेको थियो । उनीहरु दुवै जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?