विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आज एउटै मञ्चमा देखिदै

समाचार सारांश
Auto Generated by AI
  • मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आज राजधानीमा विशेष कार्यक्रम आयोजना हुँदैछ।
  • ओली प्रचण्ड र माधव नेपाल लगायतका शीर्ष नेताहरू एकै मञ्चमा उपस्थित भएर सम्बोधन गर्नेछन्।
  • कम्युनिस्ट नेताहरूको यो साझा उपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आज राजधानीमा एउटै मञ्चमा देखिने भएका छन्।

Workplace

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उनीहरू सहभागी हुन लागेका हुन्।

- Advertisement -Workplace

मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

गोष्ठीमा ओली र प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

पछिल्लो समय फरक–फरक राजनीतिक धारमा सक्रिय रहेका प्रमुख कम्युनिस्ट नेताहरूको साझा उपस्थितिका कारण पनि उक्त कार्यक्रमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यक्रममा मदन भण्डारीको राजनीतिक विचार, योगदान र नेपाली कम्युनिस्ट आन्दोलनका विविध पक्षबारे छलफल हुने जनाइएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?