यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति देशका विभिन्न जिल्लामा मुसलधारे पानी परेकाले केही नदीमा बाढी आएको छ।
  • गण्डकी र लुम्बिनी लगायतका धेरै जिल्लामा आकस्मिक बाढी र पहिरोको उच्च जोखिम छ।
  • आज दिउँसो पनि देशका धेरै भागमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

काठमाडौ – गएराति देशका केही ठाउँमा मुसलधारे पानी परेको छ । गएको १२ घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Workplace

 

- Advertisement -Workplace

यस्तै गोरखा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहुँ लगायतका जिल्लाहरुमा पनि ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँमा भेलबाढी आएको छ । नुवाकोटको त्रिशूली नदी, प्युठानको लुंगरी नदी, कास्कीको मार्दीखोला, लमजुङको चेपेखोलामा बाढी आएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकश्मिक बाढी र गेग्रान बहावको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ । मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाडी भेग,  कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगको एक–दुई ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?