यस्तो छ आज को मौसम

समाचार सारांश
Auto Generated by AI
  • गएराति देशका विभिन्न जिल्लामा मुसलधारे पानी परेकाले केही नदीमा बाढी आएको छ।
  • गण्डकी र लुम्बिनी लगायतका धेरै जिल्लामा आकस्मिक बाढी र पहिरोको उच्च जोखिम छ।
  • आज दिउँसो पनि देशका धेरै भागमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

काठमाडौ – गएराति देशका केही ठाउँमा मुसलधारे पानी परेको छ । गएको १२ घण्टामा स्याङ्जा, लमजुङ, कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Workplace

 

यस्तै गोरखा, बागलुङ, बाँके, बर्दिया, प्युठान, म्याग्दी, सुर्खेत, तनहुँ लगायतका जिल्लाहरुमा पनि ठूलो पानी परेको छ । ठूलो पानी परेका ठाउँमा भेलबाढी आएको छ । नुवाकोटको त्रिशूली नदी, प्युठानको लुंगरी नदी, कास्कीको मार्दीखोला, लमजुङको चेपेखोलामा बाढी आएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान तथा आसपासका जिल्लाहरूमा आज बिहानसम्म आकश्मिक बाढी र गेग्रान बहावको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ । मध्य र पश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका थोरै ठाउँ तथा बागमती प्रदेशको पहाडी भेग,  कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेगको एक–दुई ठाउँमा मुसलधारे पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?