
- मुगुका कृषक अंङ बहादुर रोकायाको २२ क्विन्टल कागती बजार अभावले खेर गएको समाचारपछि अक्कल कोपिला फाउन्डेसनले सहयोग गरेको छ।
- फाउन्डेसनका अध्यक्ष अक्कल बहादुर बोहराले कृषकको फर्ममै पुगेर सम्मानपत्र र नगद पुरस्कार प्रदान गरी हौसला बढाएका छन्।
- राज्यले बेवास्ता गरेको भन्दै फाउन्डेसनले कृषकको मेहनतको कदर गर्दै कृषि उपजको बजारीकरणमा सरकारको ध्यानाकर्षण गराएको छ।
केही दिनअघि मात्रै एभि न्यूज टेलिभिजनमा मुगुका कृषक अंङ बहादुर रोकायाको मेहनत माटोमै: मिसिन्छ बजार र यातायात नहुँदा मुगुका कृषक रोकायाको २२ क्विन्टल कागती बोटमै कुहिँदै भन्ने समाचार प्रकाशित भएपछि अक्कल कोपिला फाउन्डेसन का संस्थापक अक्कल बहादुर बोहराले रोकाया को कृषि फर्ममै पुगेर सम्मान पत्र सहित आर्थिक सहयोग गरेका छन
कृषक रोकायाको यो सहनिय कार्य दुःख-कष्ट र बजार अभावको पीडा बुझेर मुगुका सामाजिक क्षेत्रमा निरन्तर सक्रिय सहयोग गर्दै आएका अक्कल बहादुर बोहरा ले उनको घाउमा अलिकति भएपनि कृषकलाई प्रोत्साहनका रुपमा उहाँलाई अलिकति भएपनि मलम लगाउन अघि सरेको उन्न ले बताए रोकायाको मेहनतको कदर गर्दै फाउन्डेसनका प्रतिनिधिहरू करिब ३ घण्टाको पैदल यात्रा गरेर उहाँको घर र कृषि फर्ममै पुगेका थिए।फाउन्डेसनका अध्यक्ष अक्कल बोहोरा ले भन्ने रोकायालाई कृषि फर्ममै सम्मानपत्र र नगद पुरस्कार सहित सम्मान गरेका छौ रोकायाको संघर्ष र वर्तमान समस्यालाई नजिकबाट नियालेका बोहोराले आगामी दिनमा पनि उहाँको कृषि यात्रालाई निरन्तरता दिन हौसला प्रदान गर्दै फाउन्डेसनको तर्फबाट आफूले सक्ने कोसिस र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।”अंग बहादुर जस्ता किसान देशका गहना हुन्। उहाँको दुःख बुझेर हामी उहाँकै फर्ममा हाम्रा प्रतिनिधि पात्र खटाएका हौं। राज्यले नहेरे पनि हामी जस्ता संस्थाहरूले उहाँहरूको मनोबल गिर्न दिनु हुँदैन।
आगामी दिनमा पनि हामी उहाँलाई नै आवश्यक सहयोग गर्न तयार छौँ,” अक्कल बोहोरा ले स्पेनको कोस्टा बलङ्का बाटै सम्मान कार्यक्रममा कृषक अंङ बहादुर रोकायालाई प्रत्यक्ष टेलिफोन सम्पर्क गरेर भने भने।भौगोलिक विकटता र बजारको अभावले गर्दा मुगुका कृषकहरू ले भोग्नु परेको यो सास्तीले हाम्रो कृषि नीति र बजार व्यवस्थापन को

कमजोरीलाई छर्लङ्ग पारेको छ। अंग बहादुर रोकायाको उद्यमशीलता लाई बचाई राख्न र देशलाई कृषिमा आत्मनिर्भर बनाउन अब स्थानीय, प्रदेश र संघीय सरकारले बजार तथा यातायातको ग्यारेन्टी गर्नुपर्ने आवश्यकता देखिएको बोहराले बताएका छन्। आफूलाई आफ्नै खेत र कृषि फर्ममा आएर सामान गर्दै गर्दा अंग बहादुर रोकायले भने मैले करिब २७ वर्ष भयो कृषि पेशालाई अंगाले को तर कुनै पनि राज्य संघसंस्था ले हेरेको थिएन तर आज अक्कल कोफिला फाउन्डेसन ले
मलाई करिब ३ घण्टाको पैदल यात्रा हिँडेर उहाँका प्रतिनिधि पात्र आफ्नै खेत र कृषि फर्ममा आएर आफूलाई यो सम्मान गर्दा निकै नै खुसी निकै हर्षित भएको छु भन्दै कृषकले भने मेरो लागि यो पहिलो सहनीयताको अनुभव रहेको उन्न ले बताएका छन
