
- सम्पत्ति शुद्धीकरण विभागले एमाले नेता विष्णु पौडेलको निवासमा छापा मारेको छ।
- व्यवसायी दीपक भट्टसँगको सम्बन्धका कारण उक्त कारबाही भएको आशंका छ।
- पौडेल अहिले भैँसेपाटीस्थित भाडाको घरमा बसिरहेका छन्।
काठमाडौ – सम्पत्ति शुद्धीकरण विभागले एमाले नेता तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेलको निवासमा छापा मारेको छ ।

उनलाई प`क्राउ गर्नुभन्दा अगाडि भैसेपाटीस्थित निवासमा छापा मारिएको हो ।
विवादित व्यवसायी दिपक भट्टसँग पौडेलको सम्वन्ध रहेको आशंका विभागले गरेको स्रोतले बतायो ।
विभागको टोली दिउँसो एक बजे पौडेलको निवासमा पुगेको थियो । भैसेपाटीस्थित पौडेलको घर जेनजी आन्दोलनमा जलाइएपछि उनी अहिले सोही क्षेत्रमा भाडाको घरमा बसिरहेका छन् ।
