प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले गाडीको प्रयोग गर्न नपाउने

काठमाडौ – आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले गाडीको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

Workplace

आयोगले अनुमति पाएको गाडीबाहेक अन्य गाडी प्रयोग गरी चुनाव प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरेको हो । अनुमति नलिई प्रयोग गरेमा त्यस्ता गाडीलाई नियन्त्रणमा लिई कारबाही गरिने उल्लेख छ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो गाडी नियन्त्रणमा लिई त्यसको जानकारी जिल्ला आचारसंहिता अनुगमन समितिलाई गराउनुपर्ने व्यवस्था छ ।

निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित चुनाव क्षेत्र वा उम्मेदवार भएको ठाउँमा आयोगले तोकेबमोजिम दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने गाडी मध्ये धेरैमा दुईवटा प्रयोग गर्न सकिनेछ । गाडी नचल्ने ठाँउमा चारवटा घोडा प्रयोग गर्न सकिनेछ ।

विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने र गाडीको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन पनि रोक लगाइएको छ । आचारसंहिताअनुसार कुनै पनि दल वा उम्मेदवारले अनुमति लिएको गाडी प्रयोग गरी अशक्तबाहेकका मतदाता ओसारपसार गर्न पाउने छैनन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?