मेहनत माटोमै: मिसिन्छ बजार र यातायात नहुँदा मुगुका कृषक रोकायाको २२ क्विन्टल कागती बोटमै कुहिँदै ।

समाचार सारांश
Auto Generated by AI
  • मुगुका अगुवा कृषक अगं बहादुर रोकायाले २६ वर्षदेखि व्यावसायिक कृषिमा संघर्ष गरिरहेका छन्।
  • यातायातको अभाव र बजारको पहुँच नहुँदा उनको खेतमा फलेको ५१ क्विन्टल कागतीमध्ये ठूलो हिस्सा कुहिएर खेर गएको छ।
  • सरकारी निकायबाट उचित सहयोग र बजार व्यवस्थापन नहुँदा दुर्गमका मेहनती किसानहरू पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ।

 

Workplace

रतन रावल मुगु, असार ६ गते ।विकट भूगोल, सीमित साधन र सरकारी उपेक्षाका बीच पनि कृषि क्रान्ति गर्न सकिन्छ भन्ने उदाहरण हुन् मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. १३, तिर्पगाउँ सुन्दरपानी का अगं बहादुर रोकाया। वि.सं. २०५७ सालदेखि निरन्तर रूपमा कृषि पेशालाई आफ्नो मुख्य व्यवसाय बनाएका रोकायाले व्यावसायिक कृषि प्रणाली मार्फत उत्पादन बढाउन ठूलो भूमिका खेलेका छन्। तर, आज तिनै उद्यमी कृषकको आँखामा आँसु र मनमा गहिरो पीडा छ। कारण हो— उहाँले बगाएको पसिनाको मूल्य नपाउनु र उत्पादित वस्तु बजारसम्म पुग्न नसक्नु।२६ वर्षको संघर्ष, माटोमै परिणत भएको महसुस गरेका छन्। अकं बहादुर रोकाया भन्नुहुन्छ
परम्परागत खेती प्रणालीलाई त्याग्दै रोकायाले सुन्दरपानीको रुखो माटोलाई आफ्नो पसिनाले सिँचेर हराभरा बनाए। विगत २६ वर्षदेखि उनी यही माटोमा सुन फलाउने सपना देख्दै निरन्तर संघर्ष गरिरहेका छन्। जिल्लामै व्यावसायिक कृषिको जग बसाल्न उहाँले खेल्नुभएको भूमिका सबैका लागि प्रशंसनीय र प्रेरणादायी छ।तर, विडम्बना! लामो समयको दुःख र कष्ट गरेर उत्पादन गरेको लाखौँ मूल्यको फलफूल र तरकारी अहिले माटोमै मिलिरहेको छ। कृषक रोकाया भन्छन्, “हातमा ठेला उठुन्जेल खनजोत गर्‍यो, दुःख गरेर फलायो, तर बेच्ने बेला न सडक छ न बजार। सबै मिहिनेत माटोमै परिणत हुँदा मुटु भक्कानिएर आउँछ।” यति मात्र होइन मेहनतले दिएको फलले त हराबरा देखिन्छ खेतबारीमा तर दुःखको कुरा उत्पादित र फलाएका वस्तुहरूले बजारमु खीकरण नपाउँदा
वर्षमा ३०देखि ३५ क्विन्टल। कागती खेतमै कुहिँदै।

यस वर्ष कृषक रोकायाको बगानमा झण्डै ५१ क्विन्टल कागती फल्यो। उत्पादन राम्रो भएपछि घरखर्च चल्ने र ऋण तिर्ने आशमा उनी खुसी थिए। तर, त्यो खुसी धेरै दिन टिक्न सकेन। यातायातको पहुँच नहुँदा र उत्पादित वस्तुको उचित बजारमुखीकरण (मार्केटिङ) नहुँदा अहिले २२ क्विन्टल कागती बोटमै र खेतमै कुहिन थालेको छ।“बजारसम्म लैजान यातायातको सुविधा छैन, पिठ्युँमा बोकेर लैजाँदा ढुवानी खर्च पनि उठ्दैन,” रोकायाले आफ्नो पीडा पोखे, “बजारमा पुर्‍याए पनि बिचौलियाका कारण वस्तुको उचित भाउ पाइँदैन। उत्पादन बढी भएर के गर्नु? आँखा अगाडि कागती कुहिएको हेर्नु बाहेक केही उपाय छैन।”

कृषकमुखी’ बन्न सकेनन् सरकारी निकाय
नेपाल सरकारले कृषि प्रधान देश भन्दै वर्षेनी लाखौँ बजेट भाषणमा त छुटाउँछ, तर दुर्गमका वास्तविक कृषकसम्म त्यो कहिल्यै पुग्दैन। सुन्दरपानीका यी उदाहरणीय कृषकलाई उत्साह थप्न र उनको व्यवसायलाई बचाउन अहिलेसम्म कसैको ध्यान गएको छैन। न त स्थानीय सरकार ले उनीहरूको पीडा बुझेको छ, न त कृषि ज्ञान केन्द्रले नै कुनै ठोस पहल गरेको छ।वास्तविक कृषकहरूलाई प्रोत्साहन गर्ने, उत्पादित वस्तुको संकलन केन्द्र बनाउने र ढुवानीमा अनुदान दिने जस्ता कृषकमुखी कार्यक्रम नहुँदा रोकाया जस्ता सयौँ कृषकहरू पलायन हुने अवस्थामा पुगेका छन्।

राज्यलाई प्रश्न:कहिलेसम्म रुने कृषक?

अगं बहादुर रोकायाको यो कथा केवल एक व्यक्तिको मात्र होइन, सिंगो कर्णाली र दुर्गम क्षेत्रका व्यावसायिक कृषकहरूको साझा प्रतिनिधि आवाज हो। परम्परागत खेतीबाट व्यावसायिकतातर्फ आकर्षित त गराइयो, तर उत्पादित वस्तुको व्यवस्थापन गर्न राज्य पूर्ण रूपमा असफल देखिएको छ।अझै पनि समयमै सडक पूर्वाधार, शीतभण्डार (Cold Storage), र उचित बजारको व्यवस्था नगर्ने हो भने, रोकाया जस्ता कर्मवीर कृषकहरूको पसिना मुगुको माटोमै कुहिनेछ र देशको कृषि क्रान्तिको नारा केवल कागजमै सीमित रहनेछ। सम्बन्धित निकायको ध्यान बेलैमा जाओस्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

छुटाउनुभयो कि ?