छायाँनाथ रारा नगरपालिका का नगर उप-प्रमुख ऐश्वर्य मल्ल द्वारा सदरमुकाम गमगढी बजारमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण सम्बन्धी विशेष अनुगमन ।

समाचार सारांश
Auto Generated by AI
  • मुगुको गमगढी बजारमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री वितरणको अनुगमन गरिएको छ।
  • नगर उप-प्रमुखको नेतृत्वमा सरोकारवाला निकायले फार्मेसी र पसलहरूमा कानुनी मापदण्डबारे निरीक्षण गरेका छन्।
  • मापदण्ड विपरीत कार्य गर्ने व्यवसायीलाई सचेत गराउँदै नगरपालिकाले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
रतन रावल गमगढी, मुगु ।
मुगुको सदरमुकाम गमगढी बजार क्षेत्रमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री–वितरणलाई नियमन र व्यवस्थित गर्ने उद्देश्यले बिहीबार आज एक विशेष बजार अनुगमन कार्य सम्पन्न भएको छ।
छायाँनाथ रारा नगरपालिकाका नगर उप-प्रमुख ऐश्वर्य मल्ल ज्यूको संयोजकत्वमा आज मिति २०८३ साल असार ४ गते सदरमुकाम गमगढीका विभिन्न व्यावसायिक क्षेत्रहरूमा केन्द्रित भई उक्त अनुगमन गरिएको हो। ‘आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्री–वितरण नियन्त्रण) ऐन, २०४९’ मा भएका कानुनी व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नका लागि यो कदम चालिएको नगरपालिकाले जनाएको छ।

अनुगमन कार्यलाई थप व्यवस्थित र निष्पक्ष बनाउन बहु-सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। अनुगमन टोलीमा छायाँनाथ रारा नगरपालिकाको स्वास्थ्य शाखाका प्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालय मुगुका प्रतिनिधि, नेपाल प्रहरी तथा नगर प्रहरीको प्रत्यक्ष उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा गमगढी बजार क्षेत्रमा सञ्चालित विभिन्न औषधि पसल (फार्मेसी) तथा अन्य खाद्यान्न एवं व्यावसायिक पसलहरूको गम्भीरतापूर्वक निरीक्षण गरिएको थियो। टोलीले बजारमा बिक्रीका लागि राखिएका आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (फर्मूला मिल्क, ल्याक्टोजिन आदि) को बिक्री–वितरणको अवस्था, उत्पादक कम्पनीहरूले गरेका प्रचार–प्रसारका गतिविधि र शिशु आहारका प्याकेटहरूमा कानुनी मापदण्ड अनुसारको लेबलिङ भए-नभएको विषयमा केन्द्रित रहेर प्राविधिक जाँच गरेको थियो।
निरीक्षणका क्रममा अनुगमन टोलीले सम्बन्धित व्यवसायीहरूलाई शिशु स्वास्थ्यका लागि आमाको दूधको अपरिहार्यता र स्तनपानको महत्त्वबारे जानकारी गराएको थियो। साथै, आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्री–वितरण नियन्त्रण) ऐन, २०४९ ले निर्देश गरेका कानुनी परिधि भित्र रहेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न र कानुनको पूर्ण पालना गर्न व्यवसायीहरूलाई सचेत गराइएको छ।
कानुनी मापदण्ड विपरीत अनधिकृत प्रचार-प्रसार गर्ने वा लेबलिङ नमिलाएका वस्तुहरू बिक्री गरेको पाइएमा ऐन बमोजिम कारबाही हुने व्यहोरा समेत टोलीले स्पष्ट पारेको छ।
नगर उप-प्रमुख ऐश्वर्य मल्लले शिशुहरूको पोषणयुक्त आहार पाउने अधिकार सुरक्षित गर्न र बजारमा हुने गैरकानुनी बिक्री-वितरण रोक्न नगरपालिकाले यस्ता अनुगमन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?