काठमाडौं । देशभर फैलिएको आन्दोलनले राजनीतिक परिदृश्यलाई ठूला प्रश्नचिह्नमा ल्याएको छ। आन्दोलनकारीहरूको निरन्तरको आक्रमण र तोडफोडका कारण प्रमुख दलका शीर्ष नेताहरू घरबारविहीन बन्न पुगेका छन् भने पार्टीका कार्यालयहरू समेत खरानी बनेका छन्।

राजधानीदेखि जिल्ला सदरमुकामसम्म रहेका धेरै दलका केन्द्रीय, प्रादेशिक र जिल्ला कार्यालयहरू जलेर नष्ट भएका छन्। आन्दोलनकारीले नेताहरूको निजी घर, गाडी तथा पार्टीसँग सम्बन्धित सम्पत्तिमा समेत आगजनी गरेका छन्। यसबीच कतिपय नेताहरू सुरक्षित स्थानतर्फ सरिरहेका छन् भने सामान्य कार्यकर्तासमेत विस्थापित हुनुपरेको छ।
आन्दोलनकारीहरूले “पुरानो राजनीतिक नेतृत्वले देशलाई धोका दिएको” आरोप लगाउँदै सडक संघर्षलाई तीव्र पारेका थिए । उनीहरूको आक्रोश मुख्यत: भ्रष्टाचार, असमानता र नेतृत्वको गैरजिम्मेवारीपनतर्फ केन्द्रीत थियो। प्रदर्शनको क्रममा नारा जुलुसदेखि सरकारी तथा दलका संरचनामाथि आक्रमणसम्म भइरहेको थियो ।
स्थानीय प्रशासनले शान्ति सुरक्षाका लागि कडा निगरानी राखेको दाबी गरे पनि धेरै ठाउँमा नियन्त्रण बाहिर गएको थियो प्रहरी र सुरक्षाकर्मीहरूलाई आन्दोलन नियन्त्रण गर्न खटाइएको थियो तर लगातारको भिड र उग्र विरोधका कारण क्षति न्यूनिकरण गर्न कठिन भएको थियो आन्दोलन जेनजी पुस्ताको भएनि त्यहीँ घुसपैठ भए पोछी नेपालको इतिहास सम्म नरहने गरि धेरै सार्वजनिक समप्ती निजि सम्पत्ति लाई समेत आन्दोलन कारिले ध्वस्त बनाएका थिए।
राजनीतिक विश्लेषकहरू र केही बुद्धिजीवीका अनुसार , “दलका कार्यालय खरानी हुनु र नेताहरूको घरबार गुमाउनु केवल व्यक्तिगत क्षति मात्र होइन, संस्थागत राजनीतिक संरचनाको ध्वंसको संकेत हो। आन्दोलनले परम्परागत नेतृत्वविरुद्ध जनआक्रोश कति गहिरो छ भन्ने प्रष्ट पारेको छ।” यो अब आउजे सरकार नेता हरु लाई एउटा गतिलो प्रश्न र गम्भीर भएर सोचन प्रने देखिन्छ ।
उक्त आन्दोलनमा अहिले सम्म धेरैको ज्यान गएको र हजारौं घाइते हरु अहिले पनि हस्पिटलमा उमचार गराइ रहेका छ्न भने यता पुर्व न्यायाधीश सुशील कार्किको नेतृत्वमा अन्तरिम सरकार समेत गठन भएको छ ।
