अमेरिका र इरानबीचको शान्ति सम्झौतामा ट्रम्पको हस्ताक्षर

समाचार सारांश
Auto Generated by AI
  • राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौतामा हस्ताक्षर गरेका छन्।
  • इरानले हतियार नबनाउने र सैन्य कारबाही अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ।
  • दुवै पक्षले ६० दिनभित्र विस्तृत सम्झौताका लागि वार्ता जारी राख्नेछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौतामा हस्ताक्षर गरेको ह्वाइट हाउसले जनाएको छ ।

Workplace

बीबीसीका अनुसार सम्झौता तत्काल लागू भएको छ । यद्यपि ट्रम्पले यसलाई अन्तिम नभएको भन्दै कार्यान्वयनको अवस्था नजिकबाट निगरानी गरिने बताउनु भएको छ ।

अमेरिकी अधिकारीहरूले सार्वजनिक गरेको १४ बुँदे सम्झौताअनुसार इरानले कहिल्यै पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ । साथै, युद्धबाट प्रभावित इरानको पुनर्निर्माणका लागि तीन सय अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने विषय उल्लेख छ ।

तर यो कोषमा अमेरिकाले प्रत्यक्ष आर्थिक योगदान दिनुपर्ने बाध्यता भने राखिएको छैन । सम्झौतामा लेबनानसहित सबै मोर्चामा जारी सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य गर्ने भनिएको छ । यसले क्षेत्रीय तनाव कम गर्ने तथा मध्यपूर्वमा स्थायित्व कायम गर्ने प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ ।

दुवै पक्षले ६० दिनभित्र अन्तिम तथा विस्तृत सम्झौता सम्पन्न गर्न वार्ता जारी राख्ने सहमति गरेका छन् । आवश्यक परे आपसी सहमतिमा समय सीमा थप गर्न सकिने पनि सम्झौतामा भनिएको छ । यद्यपि राष्ट्रपति ट्रम्पले सम्झौता कार्यान्वयनमा इरानले प्रतिबद्धता पूरा नगरे अमेरिका फेरि सैन्य कारबाहीमा फर्किन सक्ने चेतावनी दिनुभएको छ ।

यो सम्झौतालाई मध्यपूर्व तनाव कम गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । तर अन्तिम राजनीतिक तथा सुरक्षा सहमति हुन बाँकी रहेकाले आगामी वार्ताको परिणामलाई अन्तर्राष्ट्रिय समुदायले चासोपूर्वक हेरिरहेको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

आज मिति २०८३ असार ९ गते मंगलबार आजको राशिफल

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल प`क्रा`उ

मुगुका ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण: आफ्नो विगत सम्झँदै दुर्गा रावल ले मनाइन् जन्मदिन।

छुटाउनुभयो कि ?