पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

समाचार सारांश
Auto Generated by AI
  • देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
  • कोशी र मधेशका तराईमा मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ।
  • लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकीका तराईमा गर्मी बढ्नेछ।

काठमाडौ – पूर्व र मध्य भेगका केही ठाउँमा गए राति र आज बिहान हल्कादेखि मध्यम वर्षा भएको छ ।

Workplace

दिउँसो पनि कोशी प्रदेशका तराई, मधेश प्रदेश र अरू प्रदेशका पहाडी तथा हिमाली भेगमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मध्य र पश्चिम तराईमा भने गर्मी बढ्ने सम्भावना रहने छ ।

आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा तातो दिन हुने महाशाखाले जनाएको छ ।

आज कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी र मधेश  प्रदेशको तराई भेगका एक, दुई ठाउँमा पनि मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?