नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताउनुभएको छ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो। उहाँले चेकमा गलत रकम लेखिएको भएमा सच्याउनका लागि समय तोकिएको बताउनु भएको छ।
गल्ती भएका चेक ३० दिनभित्र सच्याउनुपर्ने कानूनी व्यवस्था रहेको उहाँको भनाइ छ।उहाँले भन्नुभयो, चेकमा गलत रकम लेखेकै कारणले चेक अनादरमा पर्दैन।
चेक अनादर दर्ता हुनलाई ३० दिनको समय छ, त्यो कुराले महत्त्व राख्छ।
त्यसकारण गल्ती भएमा त्यो समयमा सच्याइन्छ। उपाध्यक्ष श्रेष्ठले चेक अनादरमा जरिवाना गर्ने वा नगर्ने लगायतका विषयमा कानूनी व्यवस्था भइसकेको बताउनु भएको छ।
