समाजसेवामा मुगुका अक्कल बहादुर बोहरा: बिरामीको उपचारदेखि मुगुको शैक्षिक सुधार-सम्म

समाचार सारांश
Auto Generated by AI
  • विदेशमा रहेका मुगुका अक्कल बहादुर बोहराले मानवीय सेवामार्फत स्थानीय स्तरमा उदाहरणीय काम गरिरहेका छन्।
  • उनले अक्कल कोपिला फाउन्डेसन स्थापना गरी आर्थिक अभावमा रहेका बिरामीको उपचारमा सहयोग जुटाइरहेका छन्।
  • फाउन्डेसनमार्फत दुर्गम क्षेत्रका गरिब बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी शिक्षाको पहुँच बढाउने काम पनि भइरहेको छ।
रतन रावल मुगु, ३१ जेठ २०८३
वैदेशिक रोजगारीका सिलसिलामा देश बाहिर रहेर पनि आफ्नो मातृभूमिको दुःख-सुखमा मलम पट्टी लगाउन मुगुका एक युवा निरन्तर सक्रिय रहँदै आएका छन् । मुगु जिल्ला स्थायी घर भई हाल विदेशमा रहेका समाजसेवी अक्कल बहादुर बोहराले मानवीय सेवा र दुर्गमको शिक्षा क्षेत्र सुधारका लागि चालेको कदम यतिबेला स्थानीय स्तरमा उदाहरणीय बनेको छ ।
              तस्बिर : अक्कल बोहरा….
पछिल्लो समय एक पीडित बालकको उपचारका लागि बोहराले विदेशबाटै चलाएको राहत अभियानले एउटा परिवारमा नयाँ जीवनको आशा जगाएको छ । आर्थिक अभावका कारण उपचार पाउन नसकेका बालकका बुबाले बोहरा प्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन् । “मेरो छोराको उपचारका लागि विदेशमा बसेर अथक प्रयास गरी सहयोग संकलन गरिदिनुहुने आदरणीय दाइप्रति हृदयदेखि आभार व्यक्त गर्दछु,” पीडित बुबाले भावुक हुँदै भने, “यहाँको माया, सहयोग र समर्पणले हाम्रो परिवारलाई ठूलो आशा र शक्ति दिएको छ । यो उपकार हामी जीवनभर सम्झिरहनेछौं ।”
               अक्कल कोपिला फाउन्डेश।
अक्कल’कोफिला फाउन्डेसन’ मार्फत शैक्षिक मक्रान्ति समाजसेवी बोहराको यो परोपकारी हात बिरामीको उपचारमा मात्र सीमित छैन । उनीद्वारा स्थापित ‘अक्कल  कोपिला फाउन्डेसन’  Foundation मार्फत मुगुका विपन्न, असहाय र गरिब नागरिकहरूका लागि निरन्तर सहयोग हुँदै आएका बोहरा।विशेष गरी मुगु जिल्लाको शैक्षिक स्तर सुधार्ने संकल्पका साथ फाउन्डेसनका संस्थापक बोहराले जिल्लाका हरेक विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गर्दै आएका छन् ।
भौगोलिक रूपमा विकट र राज्यको पहुँचबाट टाढा रहेको मुगुका सरकारी विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरू कापी, कलम र झोला जस्ता न्यूनतम सामग्रीबाट समेत बञ्चित हुनुपर्ने अवस्था छ । यस्तो परिस्थितिमा फिला फाउन्डेसनले विद्यालयमै पुगेर शैक्षिक सामग्री बाँड्न थालेपछि विद्यार्थीको पढाइमा ठूलो टेवा पुगेको स्थानीय शिक्षकहरू बताउँछन् ।
विदेशको व्यस्त समय र परिश्रमका बाबजुद पनि आफ्नो कमाइ र सद्भाव गाउँका गरिब र असहायका लागि खर्चिने बोहराको यो कार्यले प्रवासमा रहेका नेपालीहरूका लागि समेत समाजसेवाको एउटा बलियो प्रेरणा दिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

आज पनि घट्यो सुनचाँदीको मूल्य

छायाँनाथ रारा नगरपालिका को आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका दुई विद्यालय भवनको औपचारिक उद्घघाटन निर्माण सम्पन्न ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

छुटाउनुभयो कि ?