बिहीबारदेखि पश्चिम नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना

समाचार सारांश
Auto Generated by AI
  • बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि नेपालमा वर्षाको सम्भावना देखिएको छ।
  • शुक्रबार मध्यरातपछि विशेषगरी पश्चिम नेपालका विभिन्न क्षेत्रमा यसको प्रभाव बढी पर्न सक्ने अनुमान छ।
  • मौसमका विभिन्न मोडलले फरक तथ्यांक देखाएकाले वर्षाको यकिन मात्राबारे सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन्।

काठमाडौं।बंगालको खाडीमा न्यूनचापीय प्रणाली विकसित हुँदै गएपछि आगामी बिहीबारदेखि नेपालमा त्यसको प्रभाव देखिन सक्ने मौसमविद्हरूले बताएका छन्। प्रारम्भिक मौसम मोडलहरूले पश्चिम नेपालमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको उनीहरूको बताएका हुन्।

Workplace

यद्यपी, मौसम मोडलहरूले प्रणालीको वास्तविक गति, दिशा र प्रभावबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती बताउँछन्। उनले बंगालको खाडीमा न्यूनचापीय अवस्था विकास हुँदै गएको र त्यसको प्रभाव नेपालमा देखिन सक्ने प्रारम्भिक संकेत देखिएको बताए।

प्रमुख उप्रेतीका अनुसार आगामी बिहीबारदेखि नेपालमा मौसम प्रणालीको प्रभाव देखिन सुरु हुन सक्नेछ। शुक्रबारको मध्यरातदेखि पश्चिम नेपालमा यसको प्रभाव बढी देखिन सक्ने प्रारम्भिक अनुमान छ।

विशेषगरी लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रदेखि बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्मका क्षेत्रमा शुक्रबार राति, शनिबार, आइतबार र सोमबारसम्म वर्षाको प्रभाव रहन सक्ने प्रारम्भिक आकलन गरिएको छ। तर अहिले विभिन्न मौसम मोडलहरूले वर्षाको मात्रा र प्रणालीको प्रभावबारे फरक–फरक अनुमान गरिरहेका छन्। त्यसैले तत्कालै भारी वा अति भारी वर्षा हुने भनेर निष्कर्ष निकाल्न नमिल्ने उप्रेतीको भनाइ छ।

‘विभिन्न मोडलले फरक–फरक अवस्था देखाएका छन्। कुनै मोडलले धेरै भारी वर्षा देखाएको छ भने अर्कोले कम देखाएको छ प्रणाली आउने सम्भावना देखिए पनि यसको गति र प्रभाव कस्तो हुन्छ भन्ने कुरा अहिले नै निर्क्योल भइसकेको छैन।’

यस्तै, त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बिहीबारदेखि नेपालमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको भन्दै पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?