एमआरआर बुटवल र रुद्रगण धार्मिक संस्थाको अग्रसरतामा बुटवल बसपार्कमा सरसफाइ अभियान सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • नेपाल सरकारको राष्ट्रिय सरसफाइ सप्ताहको समर्थनमा बुटवलमा सरसफाइ कार्यक्रम सम्पन्न भयो।
  • एमआरआर बुटवल र रुद्रगण धार्मिक संस्थाको अगुवाइमा बसपार्क क्षेत्रको फोहोर व्यवस्थापन गरियो।
  • सरसफाइ नागरिकको साझा दायित्व भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइयो।

बुटवल । नेपाल सरकारले आजदेखि देशभर सञ्चालन गरेको ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै बुटवलमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

Workplace

एमआरआर बुटवल  र रुद्रगण धार्मिक संस्था को संयुक्त आयोजनामा बुटवल बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा एमआरआर बुटवल र रुद्रगण का युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

सरसफाइ कार्यक्रमअन्तर्गत बसपार्क क्षेत्र आसपास थुप्रिएको फोहोर संकलन तथा व्यवस्थापन गरिएको थियो। सार्वजनिक स्थललाई सफा, व्यवस्थित र वातावरणमैत्री बनाउन सामूहिक रूपमा सरसफाइ गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले सरसफाइ केवल सरकारको जिम्मेवारी मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व भएको बताएका थिए। पछिल्लो समय बुटवलका मुख्य बजार क्षेत्र, बसपार्क, राजमार्ग आसपास तथा तिनाउ नदी किनारमा बढ्दो फोहोरले वातावरण र जनस्वास्थ्यमा असर गरिरहेको भन्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।

नेपाल सरकारले वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न सरकारी कार्यालय, अस्पताल, शैक्षिक संस्था तथा सार्वजनिक स्थलमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गरिरहेको छ।

अभियानअन्तर्गत भोलि लुम्बिनी प्रादेशिक अस्पताल अगाडि पनि सरसफाइ कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको छ। सफा, स्वस्थ र सभ्य समाज निर्माणका लागि सबैलाई सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?