वैशाख शुक्ल पूर्णिमा : आज बुद्ध जयन्ती मनाइँदै

समाचार सारांश
Auto Generated by AI
  • आज २५७०औँ बुद्ध जयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।
  • सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन परेको हो।
  • अहिंसा र शान्तिको सन्देश फैलाउन लुम्बिनीलगायतका स्थानमा विशेष कार्यक्रम भइरहेका छन्।

काठमाण्डौ – आज २५७०औँ बुद्ध जयन्ती मनाइँदैछ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्छ ।

Workplace

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गरी बुद्ध जयन्ती मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

- Advertisement -Workplace

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, भन्ने जस्ता अनेकौँ सन्देशका वाहक गौतम बुद्धको जयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायतका ठाउँमा विविध कार्यक्रम आयोजना गरिएको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५७० वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो ।

उहाँ दरबार छोडी ध्यान/तपस्यामा लाग्नुभएको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?