
- बाढी र पहिरोमा परी हालसम्म २७० जनाको मृत्यु भएको छ।
- विभिन्न अस्पतालमा ६६ जनाको उपचार भइरहेको छ भने २८ प्रहरी सम्पर्कविहीन छन्।
- प्रभावित क्षेत्रमा ८ हजार ५० प्रहरी परिचालन गरी उद्धार कार्य तीव्र पारिएको छ।
काठमाडौं । रसुवा बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ ।

प्रहरीकाअनुसार फेला परेका शवमध्ये रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जना रहेका छन्।
यस्तै, विभिन्न अस्पतालमा ६६ जना उपचाररत तथा डिस्चार्ज भएका छन्। विवरणअनुसार त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, वीरेन्द्र सैनिक अस्पतालमा ९, नर्भिक अस्पतालमा २ र मनमोहन अस्पतालमा १ जना उपचाररत रहेको उल्लेख छ।
यसैबीच, २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। जिल्लागत रूपमा ठूलो जनधनको क्षति भएपछि खोजी, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ।
बाढी–पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र पारिएको छ । विवरणअनुसार हालसम्म ८ हजार ५० जना प्रहरी परिचालन गरिएको छ।
