राष्ट्रपति र सभामुखबीच दिउँसो भेटवार्ता भएको स्रोतले बताएको छ

काठमाडौँ, २६ भदौ  — राजनीतिक संकट गहिरिँदै गएको सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच बिहीबार दिउँसो शितल निवासमा भेटवार्ता भएको छ।

Workplace

भेटमा देशको वर्तमान संवैधानिक तथा राजनीतिक अवस्थाबारे व्यापक छलफल भएको स्रोतले जनाएको छ। राष्ट्रपति पौडेलले हालसम्म कानुनविद्हरूसँग परामर्श गरेर संवैधानिक निकास खोज्ने प्रयास गरिरहेका छन् भने सभामुख घिमिरेले पनि संसद्को भूमिकाबारे आफ्ना धारणा राखेका छन्।

भेटमा संसद् विघटन गर्ने वा नगर्ने विवाद समेत उठेको बताइए पनि दुबै पक्षले संसद्को अस्तित्व कायम राख्दै संवैधानिक प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा जोड दिएको स्रोतको भनाइ छ।

यसअघि राष्ट्रपति पौडेलले वरिष्ठ कानुनविद्हरूसँग अलग–अलग भेट गरेर राजनीतिक निकासका सम्भावित विकल्पबारे राय लिइसकेका छन्। अहिले देशमा उत्पन्न परिस्थितिको समाधान खोज्ने क्रममा राष्ट्रपतिको सक्रियता देखिएको बताइएको छ ।

साथै आज अहिले केही बेरमा ठूलो निर्णय हुने समेत देखिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?