पहिरोमा परेर चीनतर्फ २१ जनाको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • गेइरोङ बन्दरगाहमा गएको पहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने ५४१ जना अझै बेपत्ता छन्।
  • घटनास्थलमा हजारौं उद्धारकर्मी र अत्याधुनिक उपकरण परिचालन गरी निरन्तर खोजी कार्य जारी राखिएको छ।
  • अवरुद्ध जी २१६ राजमार्ग सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यले तीव्रता पाएको छ।

नेपाल-चीन सीमास्थित गेइरोङ बन्दरगाहमा गत साता बुधबार गएको पहिरोमा परी चीनतर्फ २१ जनाको मृत्यु भएको पुष्टि भएको छ। ५४१ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

Workplace

उच्च पहाडी क्षेत्रमा हिमनदी भत्किएपछि आएको चट्टान र हिमपहिरोलाई पहिरोको मुख्य कारण मानिएको छ। घटनाको एक साता पुग्दा पनि उद्धार तथा खोजी कार्य जारी छ। चीनले दुई हजार तीन सयभन्दा बढी उद्धारकर्मी, चार सयभन्दा बढी उद्धार सवारीसाधन, आठ हजारभन्दा बढी उपकरण, आठ सयभन्दा बढी ड्रोन उडान र २४ हेलिकोप्टर उडान परिचालन गरेको छ।

गेइरोङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा २७ वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। करिब ३३६ उद्धारकर्मीले १५ लाख ९१ हजार वर्गमिटर क्षेत्रमा खोजी गरिरहेका छन्। उद्धारका क्रममा ८४७ वटा व्यक्तिगत सामान पनि बरामद गरिएको छ।

पहिरोका कारण अवरुद्ध भएको जी २१६ राष्ट्रिय राजमार्गमा चौबीसै घण्टा मर्मत गरेपछि बुधबार बिहानदेखि सडक पहुँच मूल रूपमा पुनः सञ्चालनमा आएको छ। सडक खुलेसँगै थप उद्धारकर्मी, राहत सामग्री र ठूला उपकरण प्रभावित क्षेत्रमा पुर्याउन सहज भएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?