
- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बिहान ११ बजे बस्दै छ।
- उक्त बैठक सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ।
- सोही दिन दिउँसो २ बजे केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्ने भएको छ।
काठमाडौ -नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गरी सोमबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिए।
उक्त बैठकमा सहभागी हुनका लागि समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको छ।
यसैबीच सोमबार नै कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ।
केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले एक सूचना जारी गरी सोमबार दिउँसो २ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएको जानकारी दिए।
