सुकुम्बासीलाई न्याय, अतिक्रमणकारीमाथि कडाइ : प्रधानमन्त्री शाहको दृढ घोषणा

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी र अतिक्रमणकारीलाई छुट्याएर समस्या समाधान गर्ने बताउनुभएको छ।
  • नदी किनारका जोखिमयुक्त बस्तीलाई मानवीय र व्यवस्थित ढंगले स्थानान्तरण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ।
  • वास्तविक सुकुम्बासीको पहिचान गरी कानुनी प्रक्रियामार्फत स्थायी बसोबासको व्यवस्था गरिने भएको छ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशभर रहेका वास्तविक सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले अतिक्रमणकारी र वास्तविक सुकुम्बासीलाई स्पष्ट रूपमा छुट्याएर न्यायोचित ढंगले समाधान प्रक्रिया अघि बढाइने बताउनुभएको हो।

Workplace

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती व्यवस्थापनको काम सरकारले अघि बढाइरहेको जानकारी दिनुभयो। यस क्रममा उठेका जिज्ञासा र आलोचनाहरूको समेत उहाँले जवाफ दिनुभएको छ।

उहाँले वर्षौंदेखि बाढी, डुबान र असुरक्षित बसोबासका कारण नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकहरूले ठूलो पीडा भोग्दै आएको उल्लेख गर्नुभयो। हरेक वर्ष दोहोरिने समस्या अब अन्त्य गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहले सुरक्षित बसोबासको व्यवस्था गर्दै दीर्घकालीन समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नदी किनारका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली प्रभावित भई उपत्यकाको वातावरणीय अवस्था समेत बिग्रिएको उहाँले उल्लेख गर्नुभयो।

उहाँले बल प्रयोग नभई मानवीय र व्यवस्थित ढंगबाट स्थानान्तरण प्रक्रिया सञ्चालन गरिने स्पष्ट पार्नुभयो। साथै, वास्तविक सुकुम्बासीको पहिचान गरी कानुनी प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहले अतिक्रमणकारीमाथि कडाइ गर्दै वास्तविक सुकुम्बासीलाई न्याय दिने नीति सरकारले लिएको बताउनुभयो। वर्षौँदेखि थाँती रहेको यो समस्याको स्थायी समाधान वर्तमान सरकारले गर्ने उहाँको दाबी छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?