icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

आज मिति २०८२ भदौ १४ गते शनिबार आजको राशीफल

आज २०८२ साल भदौ १४ गते, शनिबार। तदनुसार सन् २०२५ अगस्ट ३० तारिख र भादौ शुक्ल सप्तमी हो। आजको दिन विशेष धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। 🌻🌼🙏

Workplace

 

मेष: आज तपाईँले गरेको कडा परिश्रमको श्रेय अरुले लिन खोज्ने सम्भावना छ। काममा सतर्क रहनुहोस्, किनभने विरोधी र नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन्। आम्दानी हुने ठाउँमा शत्रुको नजर पर्न सक्छ। पढाइमा ध्यान कम जाने र नतिजा अरुकै पक्षमा जाने अवस्था बन्न सक्छ।

वृष: अध्ययनमा समय दिन सके राम्रो परिणाम आउनेछ। काम समयमा सम्पन्न नहुन सक्छ। व्यापारमा अपेक्षाअनुसार आम्दानी नहुने देखिन्छ। प्रेम सम्बन्ध चिसिनेछ भने आफन्तसँग मनमुटाव बढ्ने सम्भावना छ।

मिथुन: व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। उच्च अध्ययनका लागि छोटो वा लामो दूरीको यात्रा तय गर्न सकिनेछ। अरुलाई सहयोग गर्ने अवसर पाइने हुँदा मन प्रशन्न हुनेछ। प्रेम र मित्रता मजबुत हुनेछन्।

कर्कट: स्वास्थ्य राम्रो रहनेछ। व्यापारमा गरेको लगानीबाट लाभ हुने र आम्दानी बढ्नेछ। श्रमको उचित मूल्य पाइनेछ। पढाइ लेखाइमा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिनेछ।

सिंह: सीमित साधनस्रोतबाट धेरै काम गर्नु पर्ने बाध्यता हुनेछ। आम्दानीका अवसर साँघुरा हुनेछन्। कानुनी नियम नमान्दा समस्यामा पर्न सकिन्छ। शत्रुबाट दुःख पाइनेछ र कानुनी निर्णय तपाईँको पक्षमा नआउन सक्छ।

कन्या: यात्रा वा सवारी प्रयोग गर्दा सावधान रहनुहोस्। आफन्त टाढा हुने र शुभचिन्तकको सहयोग नपाइने देखिन्छ। काम गर्दा आलोचना सहनु पर्नेछ। प्रेम सम्बन्धमा अविश्वास बढ्ने सम्भावना छ।

तुला: आजको समय अत्यन्तै शुभ छ। कानुनी निर्णयहरु तपाईँकै पक्षमा हुनेछन्। नयाँ अवसर प्राप्त हुनेछन् र सुरु गरेका काममा सहयोग गर्ने साथी भेटिनेछन्। व्यापारमा लाभ हुने भएकाले आर्थिक समस्या हल हुनेछन्।

वृश्चिक: राजनीति वा सामाजिक विषय उठाउँदा गहिरो अध्ययन गरेर मात्र प्रस्तुत हुनुहोस्। प्रतिस्पर्धीहरू बलिया हुने सम्भावना छ। राम्रो काम गर्दा पनि आरोप लाग्ने र आलोचना गर्नेहरु सक्रिय हुनेछन्।

धनु: स्वास्थ्य सबल रहनेछ। राम्रो कम्पनीबाट रोजगारीको प्रस्ताव आउन सक्छ। विदेश जानुपर्ने सम्भावना छ। आय र खर्चबीच ठूलो अन्तर हुने भएकाले आर्थिक उतारचढाव हुनेछ।

मकर: पढाइमा सफलता पाउन बढी समय दिनुपर्नेछ। अग्रजसँग विचारविमर्श गर्ने अवसर पाइए पनि घरपरिवार वा आफन्तबाट पर्याप्त सहयोग नपाइने देखिन्छ। यसले दिगो काम गर्ने अवसर गुम्न सक्छ।

कुम्भ: आजको समय शुभ छ। स्वास्थ्य राम्रो रहनेछ। आर्थिक क्षेत्रमा ठूलो उपलब्धि हासिल हुनेछ। व्यापारमा नयाँ विचारले लाभ दिलाउनेछ। धन कमाउने अवसरहरू प्रशस्त हुनेछन्। आफ्नै निर्णय फलदायी हुनेछ।

मीन: आज मिश्रित नतिजा आउनेछ। प्रेम जीवनमा चुनौती आउनेछ। काम वा व्यापारको कारण घरबाट टाढा जानुपर्ने हुन सक्छ। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। आम्दानी कमजोर हुँदा आर्थिक दबाब महसुस हुनेछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?