नागरिक एपमै जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र : डिजिटल सेवामा सरकारको ठूलो फड्को

काठमाडौँ । सरकारले सार्वजनिक सेवाहरूलाई डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी बनाउने अभियानलाई तीव्रता दिँदै पञ्जीकरणसम्बन्धी सेवाहरूलाई पनि नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। यससँगै निकट भविष्यमा जन्मदर्ता, विवाह दर्ता तथा सम्बन्धबिच्छेद दर्ताजस्ता प्रमाणपत्र नागरिक एपबाटै प्राप्त गर्न सकिने भएको छ।

Workplace

सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साह का अनुसार पञ्जीकरणसम्बन्धी विवरणहरूलाई एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रारम्भिक काम सुरु भइसकेको छ। “तथ्याङ्क एकीकरणको काम अघि बढिरहेको छ, केही समयभित्रै सेवाहरू कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ,” उहाँले बताउनुभयो।

सरकारले पछिल्लो समय डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै नागरिकलाई आवश्यक पर्ने सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउने नीति लिएको छ। यसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोग का परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट (NOC)’ समेत नागरिक एपबाटै उपलब्ध गराउने व्यवस्था अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।

त्यसैगरी नेपाल इन्जिनियरिङ परिषद् सँगको सहकार्यमा व्यावसायिक इन्जिनियर प्रमाणपत्रसमेत एपमार्फत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। हाल भने प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्ने सुविधा नागरिक एपमा सञ्चालनमा आइसकेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले तोकिएको समयसीमाभन्दा अघि नै सेवा विस्तारको काम सम्पन्न गर्न निर्देशन दिँदै यस अभियानलाई तीव्र बनाउन विशेष चासो देखाउनुभएको छ। मन्त्रालयको कार्ययोजनाअनुसार ४५ दिनभित्र थप सेवाहरू सञ्चालनमा ल्याउने लक्ष्य राखिएको थियो।

मन्त्रिपरिषद्बाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत पनि नागरिक एपमा सेवा विस्तारलाई प्राथमिकता दिइएको छ। यस पहलले सरकारी सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने विश्वास गरिएको छ।

डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने यस कदमले सेवाग्राहीलाई समय, लागत र झन्झटबाट राहत दिने अपेक्षा गरिएको छ। सरकारको लक्ष्य नागरिक एपलाई क्रमशः ‘वन–स्टप डिजिटल सेवा प्लेटफर्म’का रूपमा विकास गर्नु रहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?