पूर्वपति विष्णु सापकोटाको चेतावनी : “मौनता कमजोरी होइन, सत्य बोल्न पछि हट्दिन”

 

Workplace

काठमाडौं — गायिका एलिना चौहानका पछिल्ला सार्वजनिक टिप्पणीहरूपछि उनका पूर्वपति विष्णु सापकोटाले स्पष्ट शब्दमा चेतावनी दिएका छन्।

 

 

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “सम्बन्ध टुंगिएपछि हामीबीच व्यक्तिगत कुरा सार्वजनिक नगर्ने सहमति थियो। म आजसम्म मौन बसेको छु, तर यो मौनता मेरो कमजोरी होइन, न त सत्य स्वीकारेको संकेत।”

सापकोटाले एलिनाप्रति अझै पनि व्यक्तिगत सम्मान रहेको उल्लेख गर्दै भनेका छन्, “म आफूले माया गरेर घर भित्र्याएको व्यक्तिप्रति आज पनि सम्मान राख्छु, तर बारम्बार झुटा आरोप र खिसीटिउरी सहनु पनि मेरो स्वभाव होइन।”

उनले अगाडि लेखेका छन्, “यदि आवश्यक पर्‍यो भने, म सत्य बोल्न पछि हट्ने छैन। मेरो मौनतालाई कमजोरी ठान्नु वा त्यसलाई दोष स्वीकारेको संकेत मान्नु पूर्ण रूपमा अनुचित हुनेछ। त्यसलाई परिक्षण गर्ने जोकोही तयार रहुन्।”

यो चेतावनी शैलीको अभिव्यक्तिले एलिना चौहान र विष्णु सापकोटा बीचको सम्बन्ध पुनः चर्चाको केन्द्रमा ल्याएको छ। पछिल्ला दिनमा एलिनाले विभिन्न मिडिया तथा सामाजिक प्लेटफर्महरूमा दिएको अभिव्यक्तिहरूले चर्चामा उचालिएको यो विषय झन् चर्किने सम्भावना देखिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?