दुर्गम जिल्ला मुगुमा एम्बुलेन्स सेवा अत्यधिक महँगो हुँदा बिरामीहरू लाइ ठूलो सास्ती

समाचार सारांश
Auto Generated by AI
  • मुगुमा एम्बुलेन्स सेवा अत्यधिक महँगो हुँदा गरिब बिरामीहरूले उपचारका लागि अस्पताल पुग्न सास्ती भोग्नुपरेको छ।
  • समयमै अस्पताल पुग्न नसक्दा दुर्गम क्षेत्रका बिरामीहरूको ज्यान जोखिममा पर्ने अवस्था सिर्जना भएको छ।
  • सरकारले एम्बुलेन्स भाडा दरलाई सर्वसुलभ बनाउँदै गरिब तथा असहायका लागि विशेष सुविधाको व्यवस्था गर्नुपर्ने माग उठेको छ।

रतन बहादुर रावल।मुगु — दुर्गम जिल्ला मुगुमा एम्बुलेन्स सेवा अत्यधिक महँगो हुँदा बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको गुनासो बढ्दै गएको छ। आर्थिक अवस्था कमजोर भएका बिरामीहरू उपचारका लागि अस्पताल पुग्नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयवासीहरूले बताएका छन्।एम्बुलेन्स भाडा महँगो भएकै कारण कतिपय बिरामीहरू समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा जोखिममा पर्ने गरेका छन्। विशेषगरी दुर्गम बस्तीहरूबाट सदरमुकाम वा अन्य ठूला अस्पतालसम्म पुग्न लाग्ने खर्चले सर्वसाधारणलाई थप समस्यामा पारेको छ।

Workplace

यस विषयमा नेपाल विद्यार्थी सङ्घ सिटीभिटीका उपसभापति मञ्जन देवकोटाले सबै बिरामीहरूको अवस्था समान नहुने भएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताएका छन्। उनले एम्बुलेन्स सेवाको भाडा व्यवस्थापन गरी सबैलाई सहज र सुलभ बनाउने नीति ल्याउन आग्रह गरेका छन्।सबै बिरामीहरूको आर्थिक अवस्था एउटै हुँदैन, त्यसैले सरकारले उचित निर्णय गरेर एम्बुलेन्स सेवा सर्वसुलभ बनाउनुपर्छ,” देवकोटाले
स्थानीयवासीहरूले पनि सरकारसँग एम्बुलेन्स सेवामा एकरूप दर निर्धारण, दुर्गम क्षेत्रका लागि सहुलियत र गरिब तथा असहाय बिरामीहरूका लागि विशेष सुविधा व्यवस्था गर्न माग गरेका छन्।सरकारले यस विषयमा ध्यान नदिएसम्म दुर्गम क्षेत्रका नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुने खतरा बढ्दै जाने देखिन्छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?