प्रधानमन्त्री बालेन भारत र पाकिस्तानसँग सहकार्य गर्न इच्छुक

समाचार सारांश
Auto Generated by AI
  • प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री मोदीको बधाई सन्देशप्रति कृतज्ञता व्यक्त गरेका छन्।
  • पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामनाका लागि उनले आभार प्रकट गरेका छन्।
  • उनले छिमेकी राष्ट्रहरूसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

काठमाडौ – प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र  प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गरेका छन्।

Workplace

प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी र प्रधानमन्त्री शेहेवाज शरिफबाट बेग्लाबेग्लै प्राप्त बधाई सन्देशमा कृतज्ञता ज्ञापन गर्दै सहकार्यको प्रतिवद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीको कार्यालयको पोष्टमा भनिएको छ, ‘PM@narendramodi, तपाईंको स्नेह र शुभकामनाका लागि धन्यवाद। हाम्रा दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आम जनताको समृद्धिका लागि अघि बढाउन म तपाईंसँग निकट रहेर सहकार्य गर्न इच्छुक छु।’

त्यसैगरी, प्रधानमन्त्री शाहका तर्फबाट पाकिस्तानका सम्माननीय राष्ट्रपति, तपाईंको हार्दिक बधाइका शब्दको लागि धन्यवाद। म तपाईंको भावनाको प्रतिफलस्वरूप हाम्रो सम्बन्धलाई मैत्री र छिमेकीपना भावना अनुरूप अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याउँछु @PresOfPakistan  भनिएको छ।

यसैगरी, Prime Minister @CMShehbaz तपाईंको हार्दिक बधाइको लागि धन्यवाद। हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्य अझ मजबुत बनाउने उद्देश्यले सँगै काम गर्न म तत्पर छु, प्रधानमन्त्रीले भनेका छन्। सोत नागरिक

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?