जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको: नेकपा एमालेका अध्यक्ष केपी ओली

समाचार सारांश
Auto Generated by AI
  • एमाले अझै पनि देशको तेस्रो शक्ति भएकाले निराश हुनु नपर्ने ओलीको भनाइ छ।
  • रास्वपाको सफलतालाई जादुयी चुनावी मञ्चन भन्दै उनले पार्टी सकिएको स्वीकार गरेनन्।
  • गम्भीर शिक्षा लिएर अब पार्टीलाई थप चुस्त र दुरुस्त बनाउनुपर्ने ओलीले बताए।

काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी अझै पनि देशको तेस्रो शक्तिको रुपमा कायमै रहेकोले दुःख मान्नुपर्ने कुनै कारण नभएको बताएका छन्।

Workplace

बिहीबार पार्टी कार्यालय च्यासलमा सांसदहरूलाई सम्बोधन गर्दै उनले सरकारले जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको पनि टिप्पणी गरे।

- Advertisement -Workplace

‘जादुमयी चुनाव मञ्चन गरेर लगभग दुई तिहाइ ल्यायौं भनियो। यसअघि रास्वपाको २१ सिट थियो। अहिले पनि प्रतिनिधिसभामा हामी त्यो भन्दा बढि छौं। हामी अलिकति खस्किएर यहाँ आइपुग्यौं। कुनै चिज क्याइमेक्समा पुगेपछि घट्ने दिशामा लाग्छ। हामी कुनै गल्तीले, सुशासनविरुद्धको कामले, असक्षम भएर हामी यहाँ आइपुगेका होइनौं,’ ओलीले नवनिर्वाचित सांसदहरूलाई सान्त्वना दिए।

अनेक शक्तिहरूको नामोनिशान मेटिँदा एमाले अझै पति तेस्रो शक्तिमा रहेको भन्दै एमाले सकिएको भन्न नमिल्ने दाबी गरे।

उनले भने, ‘२१ सिट हुनेले दुई तिहाइ पुर्‍याउँछ भने हामीसँग अहिले पनि २५ सिट त छ नि। तर पनि नेकपा एमाले तेस्रो शक्तिको रुपमा एमाले रहेकै छ त। अनेक शक्तिहरूको नामोनिशान नरहँदा पनि हामी शक्तिको रुपमा छौं। हामी सकियौं भन्ने कुरा होइन।’

ओलीले थपे, ‘गहिरो र गभ्मीर शिक्षा लिने अवसर प्राप्त गरेका छौं। शिक्षा लिएर आफूलाई चुस्त दुरुस्त अगाडि बढाउनुपर्छ।’

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?