रामेछापमा सुमो दुर्घटना, छ घा`इ`ते, ३ जनाको अवस्था गम्भीर

समाचार सारांश
Auto Generated by AI
  • रामेछापको खाँडादेवीमा यात्रुवाहक सुमो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
  • गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
  • प्रहरीले चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको अनुसन्धान सुरु गरेको छ।

काठमाडौ – रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दु`र्घ´टनामा परेको छ।

Workplace

खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौं पठाइएको छ।

अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?