डाेल्पाकाे मुड्केचुलामा बाेलेराे जीप दुर्घटना,चालककाे घटननस्थलमै मृत्यु

रतन बहादुर रावल।
मुगु
जिल्लाको मुड्केचुला गाउँपालिका-३ काङ्ग्रे खोला क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मंगलबार साँझ ईल(खर्क)बाट त्रिवेणीतर्फ जाँदै गरेको बा. १७ च. ३९७० नम्बरको बोलेरो जिप एक्कासी अनियन्त्रित भई सडकबाट करिब ३०-४० मिटर तल खसेको थियो। दुर्घटनामा जिप चालक सल्मान रोकाया (२३ वर्ष)काे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
रोकायाकाे स्थायी ठेगाना मुड्केचुला–३ भोटगाउँ, हाल रूकुम पश्चिम त्रिवेणी बसोबास गर्दै आएका थिए । गाडीमा अन्य यात्रु भने सवार नरहेको बताइएको छ। घटनापछि इलाका प्रहरी कार्यालय कालिका डोल्पाबाट प्रहरी सहायक निरीक्षक हरक सिंह लोथ्यालको कमान्डमा पाँच जना र प्रहरी चौकी ईलबाट प्रहरी सहायक निरिक्षक विनोद कुमार थापाको कमान्डमा चारजना गरी नाै जनाको टोली घटनास्थलमा खटिएको छ।

Workplace


मृतकको शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान तथा विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी पदम रावलले जानकारी दिए ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?