कैलाली र कञ्चनपुरमा घरपालुवा बङ्गुरमा अफ्रिकन स्वाइन फिभर सक्रमण पुष्टि

कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा निलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा बङ्गुर मर्न थालेपछि गरिएको प्राविधिक परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

Workplace

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढीले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरी स्थानीय स्तरमा नमूना संकलन गरेको थियो । प्रारम्भिक रूपमा ‘रेपिड एन्टिजेन’ विधिबाट परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूनाहरू केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाण्डौ ल्याईएको थियो । पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रमा किसानले पालेका बङ्गुरमा संक्रमण देखिएको छ । रोगको संक्रमण प्रारम्भिक चरणमै छ । किसानले समयमै सावधानी अपनाएनन् र जैविक सुरक्षाका उपायहरू लागू गरेनन् भने बङ्गुरपालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने जोशीले बताउनुभयो ।

नमूना संकलन गरिएका फार्मका धनीहरूलाई सचेत गराउँदै संक्रमण अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको उहाँले बताउनुभयो । ‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बङ्गुर तथा जङ्गली बँदेलमा भाइरसका कारण लाग्ने अत्यन्त संक्रामक र घातक रोग हो ।

यो रोग लागेका बङ्गुरको मृत्युदर शतप्रतिशतसम्म हुन सक्ने भएकाले पशु स्वास्थ्य क्षेत्रमा यसलाई अत्यन्तै भयावह मानिन्छ । संक्रमण फैलिएपछि पूरै बथान सखाप हुन सक्ने जोखिम रहने हुँदा किसानको वर्षौँको लगानी र मेहनत क्षणभरमै नष्ट हुन सक्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?