साउन १५ मा खिर खाने मौलिक परम्परा, आज आठौँ राष्ट्रिय खिर दिवस मनाइँदै

समाचार सारांश
Auto Generated by AI
  • नेपाली समाजमा आज साउन १५ को अवसरमा परम्परागत रूपमा खिर खाएर मनाइँदै छ।
  • स्वास्थ्यका लागि लाभदायक मानिने खिरलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले समेत विशेष महत्त्व दिइन्छ।
  • यस दिनलाई राष्ट्रिय खिर दिवसका रूपमा मनाउँदै पोषणयुक्त खाद्य संस्कृतिको जगेर्ना गरिँदै छ।

काठमाडौ – नेपाली समाजमा आज साउन १५ गते प्राचीनकालदेखि चल्दै आएको मौलिक परम्परा अनुसार घरघरमा खिर खाएर मनाइँदै छ।

Workplace

असार १५ मा दही-चिउरा खाएझैं साउन १५ मा तातो खिर खाने चलन रहिआएको छ। साउने झरीको समयमा दूधमा गरम मसला हालेर बनाइएको खिरले स्वास्थ्यलाई शक्ति दिने र रोगप्रतिरोधात्मक क्षमता बढाउने भएकाले यो परम्परा बसेको विश्वास गरिन्छ।

संस्कृतमा पायस भनिने खिरलाई सात्विक र उत्तम आहार मानिन्छ। साउन महिनामा खेतीपातीको काम सकिने र घाँसपात प्रशस्त हुने भएकाले गाईभैँसीले धेरै दूध दिने समयमा इष्टमित्र र छोरीचेलीलाई बोलाएर खिर खुवाउने परम्परा चलेको हो।

धार्मिक दृष्टिकोणले साउन भगवान् शिवको प्रिय महिना भएकाले र ऋषिमहर्षिको पालादेखि नै देव तथा पितृकार्यमा खिर चढाइने भएकाले पनि यसको विशेष महत्त्व रहेको छ। सनातन संस्कृतिमा आजका दिन चामलका साथै साबुदाना, सेवई, मकै वा गाजरको खिर बनाएर पहिले देवतालाई चढाएर मात्र खाने गरिन्छ।

नेपाली समाजमा मौसम अनुसारका खानेकुरा खाने परम्परा रहेझैँ साउन १५ को खिरको सांस्कृतिक महत्त्वलाई जोगाउन राष्ट्रिय दुग्ध विकास बोर्डले यस दिनलाई खिर दिवसका रूपमा मनाउन थालेको हो।

यसै क्रममा आज देशभर आठौँ राष्ट्रिय खिर दिवस समेत मनाइँदै छ। पोषणविद्हरूका अनुसार प्रशोधित दूधबाट बनेको खिरले शरीरलाई पर्याप्त ऊर्जा र पोषण प्रदान गर्दछ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?