भारतले महत्त्वपूर्ण खनिज पदार्थको सम्झौता हस्ताक्षर

ब्राजिल र भारतले महत्त्वपूर्ण खनिज पदार्थको सम्झौता हस्ताक्षर गरेका छन् ।

Workplace

भारत सरकारले चीनमाथिको निर्भरता कम गर्न नयाँ आपूर्तिकर्ताहरू खोज्दै गर्दा दुई देशले महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेका समाचार संस्था अलजजीराले जनाएको छ ।

- Advertisement -Workplace

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले हिजो नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर व्यापार र लगानीका अवसरहरू बढाउनेबारेमा छलफल गर्नुभएको खबरमा उल्लेख छ ।

भारतीय प्रधानमन्त्री मोदीले महत्त्वपूर्ण खनिज सम्झौतालाई लचिलो आपूर्ति शृङ्खला निर्माण गर्ने दिशामा एक प्रमुख कदम भनेर प्रशंसा गर्नुभएको छ । यस्तै ब्राजिलका राष्ट्रपति लुलाले नवीकरणीय ऊर्जा र महत्त्वपूर्ण खनिजहरूको मामिलामा लगानी र सहयोग बढाउन भारतसँग सम्झौता गरेको बताउनुभएको छ ।

विश्वको दुर्लभ–पृथ्वी र महत्त्वपूर्ण खनिजहरूको खानी र प्रशोधनमा चीनको प्रभुत्व छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले महत्त्वपूर्ण खनिज सम्झौतासँगै डिजिटल सहयोगदेखि स्वास्थ्यसम्मको समझदारी पत्रसहित नौ अन्य सम्झौतामा पनि हस्ताक्षर भएको छ ।

आर्थिक जटिलताको अवलोकनकर्ता (ओईसी) का अनुसार सन् २०२४ मा भारतले ब्राजिलमा  ब्राजिलमा भारतीय निर्यात ७ अर्ब २३ करोड अमेरिकी डलर बराबरको निर्यात गरेको छ । यस्तै ब्राजिलले भारतमा ५ अर्ब ३८ करोड डलर बराबरको निर्यात गरेको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?