असिनापानीपछि हुम्लाको नेप्का गाउँमा बाढी : घरगोठ बग्यो, भेडाबाख्रा र खेतीयोग्य जग्गामा ठूलाे क्षति

समाचार सारांश
Auto Generated by AI
  • हुम्लाको चंखेली गाउँपालिकामा आएको बाढीपहिरोले डाँफे आधारभूत विद्यालय बगाएको छ।
  • बाढीले स्थानीयको गोठ पुर्दा भेडाबाख्रा र ठूलो परिमाणमा खेतीयोग्य जमिन नष्ट भएको छ।
  • घटनामा हालसम्म कुनै मानवीय क्षति नभएको र क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

रतन रावल मुगु  । हुम्लाको चंखेली गाउँपालिका-५ स्थित नेप्का गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ । गएराति एक्कासी परेको असिनापानीसहित आएको बाढीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ । साथै खेतीयोग्य जमिन र गोठहरू पनि बगाएको प्रारम्भिक जानकारी आएको छ ।चंखेली गाउँपालिका वडा नं. ५ का स्थानीय बासिन्दा छक्कबहादुर तामाङका अनुसार बाढीपहिरोले गाउँमा व्यापक क्षति पुर्‍याएको छ । वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठसमेत पहिरोले पुरेको छ, जसका कारण भेडाबाख्रामा समेत क्षति पुगेको छ ।

Workplace

वडाध्यक्ष हर्कधन तामाङले गोठ पुरिए पनि कति क्षति भयो भन्ने यकिन जानकारी अझै प्राप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “म अहिले गाउँपालिकाको केन्द्रमा छु, राति गाउँमा बाढीपहिरो आएर मेरो र धनसिंह तामाङको गोठ पुरिँदा भेडाबाख्रा पुरिएका छन्, थप विवरण बुझ्दैछु ।” मानवीय क्षतिको भने हालसम्म कुनै जानकारी प्राप्त नभएको उहाँले स्पष्ट पार्नुभयो ।स्थानीयका अनुसार कोदो खेती हुने अधिकांश जग्गा बाढीले तहसनहस पारेको छ । “जग्गा त पूरै नष्ट भएको छ,” वडाध्यक्ष तामाङले भन्नुभयो, “रातिको घटना भएकाले क्षतिको यकिन विवरण अझै आउन सकेको छैन

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

सुनको भाउ आज तोलामा आठ हजार दुईसय रुपैयाँले घट्यो

देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना

छुटाउनुभयो कि ?