पारदर्शी चुनावी अभियानको अभ्यासमा रास्वपा अर्घाखाँची

अर्घाखाँची। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पारदर्शी, कम खर्चिलो र जनसहभागितामूलक चुनावी अभियान अघि बढाउने अभ्यास सुरु गरेको छ।

Workplace

रास्वपा अर्घाखाँचीका जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद भुसालले चुनावी प्रयोजनका लागि नयाँ बैंक खाता सञ्चालन गरी आय–व्ययको विवरण पूर्ण रूपमा सार्वजनिक गरिने स्पष्ट प्रतिबद्धता जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै “हामी बरु नष्ट हुन्छौँ, तर भ्रष्ट हुँदैनौँ” भन्ने मूल नारासहित चुनाव जित्नका लागि गलत अभ्यास नअपनाइने बताएका हुन्।

भुसालका अनुसार चुनावी अभियान अधिकतम न्यून खर्चमा सम्पन्न गरिने र त्यसमा समर्थक, शुभेच्छुक तथा आम नागरिकको स्वेच्छिक आर्थिक तथा नैतिक सहयोग रहनेछ। अभियानका क्रममा संकलित प्रत्येक रकम र खर्चको विवरण पारदर्शी ढंगले प्रस्तुत गरिने उनको भनाइ छ।

उनले परम्परागत दलहरूले अपनाउँदै आएको महँगो, अपारदर्शी र शक्तिको दुरुपयोग हुने चुनावी संस्कृतिप्रति संकेत गर्दै, इमानदार राजनीति, सुशासन र जवाफदेहिता नै राष्ट्रिय स्वतन्त्र पार्टीको पहिचान भएको हिमालय टाइम्स जिल्ला संवाददातासँग बताएका छन्।

रास्वपाको यो कदमलाई निर्वाचन प्रक्रियामा विश्वास र नैतिकता पुनःस्थापना गर्ने प्रयासका रूपमा हेरिएको छ। अर्घाखाँचीमा पार्टीको अभियान जनमुखी र सिद्धान्तनिष्ठ बनाउने दिशामा यो अभ्यास महत्वपूर्ण देखिन्छ

 

 

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवाखाजा सम्बन्धी २ दिने कार्यशाला छायाँनाथ रारामा सुरु।

मुगुमा तीन जना शिक्षक कार्यसम्पादनमा सम्मान

सिद्धार्थ रोयललाई हराउँदै मेघा राइनोज शीर्ष तीनमा उक्लियो

मुगुमा जातीय छुवाछुत दिवस : मेयर भामको घाँटीमा दमाहा र बाजा

अक्कल कोपिला फाउन्डेसन ले हुम्लाको अदान्चुली गाउँपालिकामा मा रहेको पुद्दुकोट विद्यालयम शैक्षिक सामग्री सहयोग ।।

निरज विष्टको घातक बलिङमा एपीएस युनाइटेडको प्रभावशाली जित, एसजीए माभेरिक्स ९ विकेटले पराजित

छुटाउनुभयो कि ?