बालविवाह न्यूनीकरणका लागि मुगुका चारै पालिकामा साझा अभियान सञ्चालन

मुगु – हिमाली जिल्ला मुगुमा बाल अधिकार संरक्षण र बालविवाह न्यूनीकरणका लागि चारवटै स्थानीय तहमा साझा अभियान सञ्चालन गरिएको छ । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका जिल्लाका गैरसरकारी संस्थाहरू एकजुट भएर अभियानमा लागेका हुन् ।

Workplace

बालविवाह न्यूनीकरणका लागि सहकार्य र समन्वय आवश्यक रहेको निष्कर्षसहित जिल्लामा क्रियाशील सबै गैरसरकारी संस्थाहरूको सहभागितामा साझा अभियान सुरु गरिएको हो । यस अभियानमा मुगु जिल्लामा सक्रिय १० वटा गैरसरकारी संस्थाहरू आबद्ध छन् ।

कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुको संयोजकत्वमा गठित यस सञ्जालमा ग्रामीण सामुदायिक संस्था, नेपाल पत्रकार महासंघ मुगु, आई.एन.एफ नेपाल, किर्डाक नेपाल, हिरिसडेक, सहास नेपाल, मालिका सामुदायिक विकास केन्द्र, जनसमुदाय सेवा केन्द्र, नागरिक समाज मुगु लगायतका संस्थाहरू सहभागी छन् ।

कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्क मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीका अनुसार अभियानका लागि ९ सदस्यीय कार्यसमिति गठन भई काम सुरु भइसकेको छ । उनले कर्णाली प्रदेशसहित मुगु जिल्लामा बालविवाहको दर उच्च रहेको अनुमान भए पनि यसको यकिन आधिकारिक तथ्यांक सरकारी निकाय वा गैरसरकारी संस्थासँग उपलब्ध नभएको बताए ।

आइतबार बालविवाह विरुद्धको साझा अभियान सञ्जालले पत्रकारहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरेको छ । कार्यक्रममा बढ्दो बालविवाह न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै अभियानलाई सफल बनाउन समन्वय, सहकार्य र हातेमालो आवश्यक रहेकोमा जोड दिइएको थियो ।
कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र मुगुका सिनियर व्यवस्थापन प्रमुख रुप बहादुर मल्लले छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा यो अभियान नमुना अभ्यासका रूपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
संघसंस्थाहरूको यस साझा अभियानमा सञ्चार क्षेत्रलाई पनि प्राथमिकताका साथ जोड्दै बालविवाह अन्त्यका लागि दीर्घकालीन पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?