अर्जुन थापा अर्घाखाँची — स्वर्गीय गोपाल बहादुर थापाको पुण्य स्मृतिमा वडा नं. ७ का स्थानीय बासिन्दा राम बहादुर थापा र विष्णु थापाले जिल्लाकै प्रसिद्ध धार्मिक तीर्थस्थल सुपादेउराली मन्दिरमा आधुनिक एलइडी (LED) लाइट जडान गर्नुभएको छ। यस कार्यले मन्दिरको पवित्रता, गरिमा र सौन्दर्यमा थप निखार आएको छ।

धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा परिचित सुपादेउराली मन्दिर अर्घाखाँची मात्र नभई छिमेकी जिल्लाबाट मात्र नभई नेलाल र छिमेकी रास्ट्र हरु बाट समेत श्रद्धालुहरू आउने प्रमुख तीर्थस्थल हो। जनविश्वास, परम्परा र ऐतिहासिक महत्वसँग जोडिएको यस मन्दिरमा दर्शन गर्दा मनोकामना पूरा हुने, शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास रहँदै आएको छ।
एलइडी लाइट जडानपछि मन्दिर क्षेत्र रातिको समयमा समेत झनै उज्यालो, सुरक्षित र आकर्षक देखिन थालेको छ। यसले साँझ–बिहान दर्शन गर्न आउने भक्तजनहरूलाई सहजता प्रदान गर्नुका साथै मन्दिर क्षेत्रको समग्र सौन्दर्य र सुरक्षामा सकारात्मक प्रभाव पारेको स्थानीयहरूको भनाइ छ।
यस अवसरमा नेपाल खोजखबर ड्ट्कमको संवादमा राम बहादुर थापाले भन्नुभयो, “म स्वयं यही स्थानको बासिन्दा हुँ। सुपादेउराली मन्दिर हाम्रो आस्था, पहिचान र गौरवसँग जोडिएको धरोहर हो। यसको संरक्षण र सम्वर्द्धन गर्नु हाम्रो दायित्व हो भन्ने भावना बोकेर, स्वर्गीय बुवाको स्मृतिमा सानो भए पनि योगदान गर्न पाउँदा आफू लाई गर्व लागेको बताएका छ्न ।
उहाँले मन्दिर कुनै व्यक्ति वा समुदायको मात्र नभई सम्पूर्ण क्षेत्रकै साझा आस्थाको केन्द्र भएकाले सबैले आ–आफ्नो ठाउँबाट संरक्षणमा हातेमालो गर्नुपर्ने आवश्यकता समेत औंल्याउनुभयो।
मन्दिर नजिकैका र स्थानीयवासीहरूले थापा दाजुभाइको यस कार्यलाई व्यक्तिगत श्रद्धा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा प्रशंसा गरेका छन्। उनीहरूका अनुसार, यस्ता सकारात्मक पहलले धार्मिक सम्पदाको संरक्षण, सौन्दर्यीकरण र भावी पुस्तामा आस्थाप्रतिको जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेलन सक्ने बताएका छ्न ।
स्वर्गीय गोपाल बहादुर थापाको सम्झनामा गरिएको यो पुण्य कार्यले सुपादेउराली मन्दिरमा उज्यालो मात्र थपेको छैन, भक्तजनहरूको मनमा आस्थाको उज्यालो पनि फैलाएको अनुभूति गराएको धेरै जाना बताउछन् छ।


