रुपन्देहीमा १० के.जी. अवैध गाँजासहित एक जना पक्राउ

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका–८, सुख्खानगर धर्मपथस्थित क्षेत्रबाट १० के.जी. अवैध गाँजासहित एक जना पक्राउ परेका छन्। लागू औषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले विशेष अपरेशन चलाउँदै उनलाई नियन्त्रणमा लिएको हो।

Workplace

पक्राउ पर्नेमा पाल्पा, रम्भा गाउँपालिका–३, हुमिनका ३५ वर्षीय गणेश कुँवर मगर रहेका छन्। प्रहरीका अनुसार उनको शरिर तथा सुत्ने कोठाको विधिवत रूपमा खानतलासी गर्दा लोवेड भित्र रहेको रातो जेब्रा झोलामा निलो प्लास्टिकले बेरिएको अवस्थामा खुला तथा सानो पोका बनाई राखिएको १० के.जी. गाँजा फेला परेको थियो। साथै, गाँजा तौल्न प्रयोग गरिने हाते काँटा (तराजु) समेत बरामद गरिएको छ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार पक्राउ परेका कुँवरमाथि लागू औषध गाँजा कारोबारसम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको जानकारी दिएका छ्न।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?