गण्डकी प्रदेशसरकार गाँजाखेती वैधानिक बनाउने तयारी गर्दै

गण्डकी। गण्डकी प्रदेश सरकार गाँजाखेतीलाई वैधानिक बनाउन कानुनी प्रक्रिया अघि बढाउँदैछ । प्रदेश सरकारले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

Workplace

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त विधेयक प्रदेशसभामा दर्ता गराइसकेको जानकारी दिँदै भने, “प्रदेशको भौगोलिक बनावट, जमिनको उर्वरता, बालीगत उपयुक्तता र व्यावसायिक सम्भाव्यताका आधारमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि व्यवस्थित रूपमा गाँजाखेतीलाई अनुमति दिने कानुनी आधार तयार गर्न लागिएको हो ।” उनका अनुसार यस कदमले रोजगारी सिर्जना र आयआर्जनमा उल्लेख्य योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

विधेयकमा गाँजालाई तीन प्रयोजनका लागि वर्गीकरण गरिएको छ — औषधिजन्य, औद्योगिक, र लागुऔषधजन्य। लागुऔषधका रूपमा प्रयोग हुने गाँजाको चोप, खोट जस्ता पदार्थ बाहेकका भागहरू — जस्तै डाँठ, बोक्रा, पात, फूल, फल, निस्सार वा जराजस्ता तत्वहरू — औद्योगिक वा औषधिजन्य प्रयोजनका लागि प्रयोग गर्न सकिने ‘गाँजाजन्य पदार्थ’ मानिनेछ ।

औषधिजन्य प्रयोजनका लागि गाँजाको प्रयोग औषधि व्यवस्था विभागमा दर्ता भएका औषधि उद्योग वा कम्पनीहरूले मात्र गर्न पाउनेछन् । त्यस्तै, चिकित्सकीय प्रयोजनका लागि सम्बन्धित परिषद्मा दर्ता भएका चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न सकिने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।

औद्योगिक प्रयोजनका लागि प्रयोग हुने गाँजाबाट फाइबर, बियाँ, तेल, पात, फूल र डाँठ जस्ता पदार्थलाई कच्चा सामग्रीका रूपमा उपयोग गर्न सकिने उल्लेख गरिएको छ ।

विधेयकले गाँजाखेती गर्न चाहने व्यक्तिसँग कम्तीमा दुई रोपनी जग्गा हुनुपर्ने मापदण्ड तोकेको छ । खेतीको अनुगमन, नियमन र निर्देशनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा नौ सदस्यीय निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । उक्त समितिमा कृषि, स्वास्थ्य, उद्योग र वन मन्त्रालयका मन्त्रीहरू, प्रदेश प्रमुख सचिव, प्रदेश प्रहरी प्रमुख र आन्तरिक मामिला मन्त्रालयका सचिव सदस्य रहनेछन् । समितिको सदस्यसचिव भने निर्देशक रहनेछन् ।

सरकारको भनाइ अनुसार, कानुन बनेपछि प्रदेशमा नियमनित र दुरुपयोगमुक्त रूपमा गाँजाखेती सञ्चालन हुनेछ । यसले प्रदेशको आर्थिक समृद्धि, रोजगारी अभिवृद्धि र औद्योगिक नवप्रवर्तनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?