३ चैत्र २०८२, मंगलबार

माओवादी एकता सम्मेलनमा वैद्य, भट्टराई र विप्लवको खोजी भृकुटीमण्डपमा १० घटकको एकता सम्मेलन सम्पन्न

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० घटक सम्मिलित वाम एकता सम्मेलनमा माओवादी नेताहरू मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द्र ‘विप्लव’को खोजी गरिएको छ।

Workplace

बुधबार भृकुटीमण्डपमा आयोजित सम्मेलनमा माओवादी कम्युनिस्ट केन्द्रका अध्यक्ष केशव दाहालले यी नेताहरूमाथि नेपाली कम्युनिस्ट आन्दोलनमा पुनः एकीकृत हुन आग्रह गरे।

उनले भने, “कमरेड मोहन वैद्यको नेतृत्वमा रहेको पार्टी, कमरेड विप्लवको नेतृत्वमा रहेका, बाबुराम भट्टराईजस्ता नेताहरू—सबैलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान गर्छु।”

दाहालले फराकिलो वाम एकताको बाटो खुलेको बताउँदै ती नेताहरूलाई “अब भाग्ने छुट छैन” भन्दै देशले फेरि पनि उनीहरूको नेतृत्व खोजिरहेको टिप्पणी गरे।

“हिजोको जनयुद्धमा देशले तपाईंहरूलाई नेता स्वीकार गरेको थियो, आज पनि देशले मोहन वैद्य, बाबुराम भट्टराई र विप्लवको नेतृत्व खोजिरहेको छ,” उनले जोड दिए।

उनका अनुसार, यदि ती नेताहरू एकता कार्यक्रममा सहभागी भएका भए “सुनमा सुगन्ध” थपिने थियो।

जेन्जी आन्दोलन पोछी धेरै पार्टी बिभाजन र एकीकृत भइ रहेका छ्न भने चुनाब आयोगमा समेत नयाँ पार्टी खोल्ने हरुको संख्या बडदै गएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुका विद्यार्थीलाई लायन्सको सहयोग, तीन विद्यालयमा झोला वितरण

छुटाउनुभयो कि ?