एलपी ग्यास उद्योग संघको चेतावनी: फागुन १८ देखि आपूर्ति बन्द गर्ने तयारी

 

Workplace

काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार, यदि सरकारसँग भएका मागहरू सम्बोधन भएनन् भने फागुन १८ गते (मार्च 2, 2025) बाट देशभरका ५९ वटा एलपी ग्यास उद्योगहरू अनिश्चितकालका लागि बन्द गरिने बताएको छ।

संघले आन्दोलनका क्रममा माघ ३० गतेदेखि नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अर्डर (PDO) खरिद नगर्ने, फागुन ६ गतेदेखि इण्डियन आयल कर्पोरेसनबाट ग्यास लोड नगर्ने, र फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आएका ग्यास बुलेटहरू कुनै पनि भन्सार नाकाबाट नछुटाउने निर्णय गरेको बताइएको छ

ग्यास संघको यो कदमले बजारमा ग्यास अभाव हुने सम्भावना बढेको छ। हालसम्म उद्योगहरूबाट भरिएका सिलिन्डरहरू तुरुन्तै बिक्री भइरहेका छन्, तर ठूलो अभाव भने देखिएको छैन। तर, फागुन १८ पछि आपूर्ति पूर्ण रूपमा रोकिएमा ग्यास संकट गहिरिन सक्ने चेतावनी संघले दिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छायाँनाथ रारा नगरपालिका ले आर्थिक वर्षको लागि ६५ करोड २१ लाख ४२ हजार ४१ रुपैयाँ बराबरको बजेट सार्वजनिक। गर्दै।

मुगुको छायाँनाथ रारा नगरपालिका ले ल्यायो ६५ करोड २१ लाख४२हजार ४१ रुपैया बराबर को बजेट सार्वजनिक

मुगुको छायाँनाथ रारा नगरपालिका को१९ औ बजेट सभा उद्घाटनमा बोल्दै छायाँनाथ रारा नगरपालिका का नगर प्रमुख विष्णु कुमार भाम ।

विवादित पासपोर्ट ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि जोडिए

रास्वपाले निकाल्यो केन्द्रीय सदस्य उम्मेदवारहरूको सूची, मतदान समय अझै अनिश्चित

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक सर्‍याे

छुटाउनुभयो कि ?