अर्घाखाँचीको पाणिनीमा मोटरसाइकल दुर्घटना: दुई युवाको मृ`त्यु, एक गम्भीर घा´इते

अर्घाखाँची  कात्तिक १७ — अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–३ दुर्घाफाटमा शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

Workplace

प्रहरी चौकी खिदिमका अनुसार, साँझ करिब ७:४० बजे ऐर निगालीबाट दुर्घाफाटतर्फ आउँदै गरेको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक पाणिनी गाउँपालिका–४ निगालीका १८ वर्षीय गौतम बिक र सोही गाउँका २४ वर्षीय सागर बिकको टाउकोमा गम्भीर चोट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनालाई जिल्ला अस्पताल सन्धिखर्क पुर्‍याइएपछि राति ८:२० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

त्यस्तै, मोटरसाइकलमा सवार २५ वर्षीय सन्तोष घर्ती घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घर्तीको टाउकोमा चोट लागे पनि अवस्था मध्यम रहेको बताइएको छ ।

दुर्घटनास्थल प्रहरी चौकी खिदिमबाट करिब ७ किलोमिटर पश्चिम–उत्तरतर्फ पर्ने जनाइएको छ । घटनास्थलमा प्रहरी सहायक निरीक्षक रेख ब. बुढाको कमाण्डमा रहेको चार जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?