मुगुमा भोलिदेखि जेपी स्मृति फुटबल कप सुरु हुने

मुगु । खेल जगतका पिता भनेर चिनिने जेपी मल्लको सम्झनामा आयोजना हुने जेपी स्मृति फुटबल  कप भोलि बिहानदेखि सुरु हुने भएको छ। मुगु जिल्लाको खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका जेपी मल्ललाई मुगुको उदयमान खम्बाका रूपमा हेरिन्छ।

Workplace

शिक्षा पेशामा आबद्ध रहँदै करिब १६ वर्षसम्म शिक्षण कार्यमा सक्रिय रहेका जेपी मल्ल खेलकुदप्रेमी र समाजसेवीका रूपमा पनि परिचित थिए। उहाँले जीवनभर शिक्षा र खेलकुद दुवै क्षेत्रमा सकारात्मक सन्देश फैलाउँदै युवालाई प्रेरित गर्नुभएको थियो।

- Advertisement -Workplace

प्रतियोगिता आयोजक टिमका व्यवस्थापन समिति अध्यक्ष निपेन्द्र मल्लका अनुसार प्रतियोगिता भोलि बिहानदेखि औपचारिक रूपमा सुरु हुनेछ। उहाँले जिल्लाभित्रका साथै जिल्लाबाहिरका टोलीहरू पनि प्रतियोगितामा सहभागी हुने जानकारी दिनुभयो।

आयोजक समितिका अनुसार प्रतियोगितामा विजेता हुने टोलीलाई रुपैयाँ एक लाख एक हजार एक सय (रु. १,०१,१००) र उपविजेता टोलीलाई रुपैयाँ पचास हजार  एक सय   (रु. ५०,१००) पुरस्कार प्रदान गरिनेछ।

यस प्रतियोगिता सञ्चालनका लागि विदेशमा रहेका मुगुवासी युवाहरूले आर्थिक सहयोग गरेका छन् भने जेपी मल्लसँग निकट रहेका उहाँका साथीभाइ, आफन्त र शुभेच्छुकहरूले समेत सहयोगका हात अघि सारेका छन्।

समाजप्रतिको सकारात्मक सन्देश, युवाप्रतिको प्रेम र खेलकुदमा समर्पणका प्रतीकका रूपमा जेपी स्मृति कपले मुगुमा खेलकुदको विकासमा नयाँ ऊर्जा भर्ने विश्वास लिइएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?