“निमुखा प्राणीको शब्द” — जनावरप्रतिको मानवताको सवाल

राजेश भिन्वार यादव  सिराहा — समाजमा जनावरमाथि भइरहेका अत्याचार र बेवास्ताप्रति ध्यानाकर्षण गर्न पशु प्राविधिक विद्यार्थी राजेश भिन्वार यादवले भावनात्मक र चेतनापूर्ण कवितामार्फत जनचेतना फैलाउने प्रयास गरेका छन्। “निमुखा प्राणीको शब्द” शीर्षकको यो सिर्जनामा उनले जनावरको दृष्टिकोणबाट मानव समाजलाई प्रश्न गरेका छन् — के साँच्चै हामी मानव हौं, जब कमजोर र बेसहारा जीवमाथि अत्याचार गर्न रमाउँछौं?

Workplace

कवितामा उनले लेखेका छन् ।

यदि भुसिया कुकुर हुनु मेरो दोष हो भने,
त्यसको जिम्मेवार पनि ती भगवान नै हुन्
जसले कसैलाई एसी भएको कारमा घुम्ने,
र कसैलाई चर्को घाममा आश्रयसमेत नपाउने बनाए।

भुसिया कुकुर हुनुमा मेरो के दोष,
जबकि तिमीलाई बनाउने दैवले मलाई पनि बनाएका हुन्।
तिमी भन्छौ — “म यो धर्तिको सर्वश्रेष्ठ प्राणी।”
अनि किन गर्छौ अत्याचार त्यो निमुखा प्राणीमाथि,
जसलाई भगवानले आफ्ना दु:ख व्याख्या गर्ने आवाजसमेत दिएका छैनन्?

जसलाई खाने, बस्ने देखि लिएर बिरामी पर्दा उपचारको पनि ठेगान छैन,
त्यो प्राणीमाथि किन पोख्छौ आफ्ना रिस र घृणा?
कमजोर देखेपछि लखेटेर ढुंगा हान्छौ —
के यही हो तिम्रो मानवता र सर्वश्रेष्ठता?

यदि यही हो भने —
धिकार छ तिम्रो मानवता र सर्वश्रेष्ठतामाथि,
जसले कमजोर, बेसहारा र लाचार जनावरमाथि
आफ्नो बलको प्रदर्शन गर्छ।

हो, म तिम्रो घरबाट निस्केको फोहर खान्छु,
फोहर वातावरणमा रमाउँछु, म फोहरी छु।
तर यसमा मेरो के दोष?
जबकि भगवानले नै मलाई यस्तो बनाएका हुन्।

केही गुनासो गर्नुछ भने —
त्यो दैवसँग गर, जसले तिमीलाई त्यस्तो र मलाई यस्तो बनायो।

यदि तिमीलाई निमुखा, कमजोर, बेसहारा तथा लाचारमाथि
दयाको भाव देखाउने आट छैन भने,
क्रूरता देखाउने र अत्याचार गर्ने पनि
तिमीलाई कुनै अधिकार छैन।

जाबो तिमी त मानव भएर पनि
मानवको दु:ख र मनोभावना बुझ्न सकेको छैनौ,
त्यसो हुँदा हाम्रो पीडा बुझ्छौ भन्ने सोच्नु पनि पाप जस्तो लाग्छ।

अन्ततः —
कसैलाई सहयोग र समान व्यवहार गर्न सक्दैनौ भने,
बेइज्जत गर्नु र त्यसमाथि अत्याचार गर्नु पनि
तिम्रो कुनै अधिकार होइन।

“मानवता हराएको समाजमा
जनावरप्रतिको राम्रो दृष्टिकोण खोज्नु
रेगिस्तानमा सुई खोज्नु बराबर हो।”

 

सबै प्राणीको सम्मान गरौं — सेवा नै धर्म हो।

शब्द: राजेश भिन्वार यादव
(पशु प्राविधिक तथा पशु चिकित्सा शास्त्रका विद्यार्थी, मिर्चैया–१२, सिक्रोन, सिराहा)

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?