आज मिति २०८२ असोज २३ गते बिहीबार आजको राशीफल

🌼🌻🙏🙏

Workplace

मेष : पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला ।

बृष : नियमित खर्चसमेत बढ्ने योग छ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ ।

मिथुन : मातापिता र अभिभावक वर्गसँग राम्रो हुनेछ । कामबाट लाभ लिन सकिने छैन, सरकारी काममा विलम्ब हुनेछ । थोरै बोलेको राम्रो हुन्छ । मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ ,सचेत रहनुहोला ।

कर्कट : समय शुभ छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ ।

सिंह : कामबाट लाभ हुने सम्भावना छ । लगानी गर्नु राम्रो हुन्छ ।सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नै पर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ ।

कन्या : समय राम्रो रहनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ ।

तुला : नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र बन्दव्यापारबाट आम्दानी पनि कम हुनेछ । साथीभाइ, इष्टमित्र वा घरपरिवार भित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ ।

वृश्चिक : समय राम्रो छ । पढाइमा प्रगति हुनेछ । मनमा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

धनु : समय मध्यम खालको रहनेछ ।अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ रमाइलो यात्राको सम्भावना पनि छ । स्वास्थ्य सबल रहने छ ।

मकर : साथीसंगको भेटघाट रमाइलो हुनेछ तर झगडा पनि हुन सक्छ, सतर्क हुनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । अरुले दिएका खानेकुरा नखानुहोला । बोल्दा निकै विचार पुर्याउनुहोला । परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।

कुम्भ : मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ ।

मीन : समय र स्वास्थ्य राम्रो रहनेछ ।कानुनी क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?