जनताको सेवामा समर्पित कर्मचारी : मुगुका पशुपति शाही

रतन रावल कर्णाली  । विकट हिमाली जिल्ला मुगुका पशुपति शाही आफ्नो कर्मठता, इमानदारी र जनसेवामुखी भूमिकाका कारण स्थानीयवासीबीच अनुकरणीय कर्मचारीका रूपमा परिचित व्यक्तित्व हुनुहुन्छ।

Workplace

मुगुको छायाँनाथ रारा नगरपालिका–१ मा जन्मिनु भएका शाही सानैदेखि मिजासिला, ऊर्जाशील र मेहनती स्वभावका थिए। स्थानीय तहको स्थापना भएलगत्तै २०७४ सालमा उहाँले छायाँनाथ रारा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै विकास निर्माण, सेवा प्रवाह र सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिनुभयो।

शाहीले योजनासम्बन्धी ठेक्का–पट्टा मात्र नभई उपभोक्ता समितिहरूलाई विश्वासमा लिएर पारदर्शी काम गर्ने वातावरण निर्माण गर्नुभयो। स्वास्थ्य क्षेत्रमा समेत उहाँको योगदान प्रशंसनीय रह्यो। उहाँकै पहलमा स्वास्थ्य संस्थाहरूमा अनलाइन रिपोर्टिङ प्रणाली लागू भयो। छायाँनाथ रारा नगरपालिकाको कार्यसम्पादनलाई सुव्यवस्थित बनाउन उहाँले अहोरात्र मेहनत गर्नुभयो।

शाही भन्छन्, “राज्य वा नगरपालिकाले दिएको जिम्मेवारी जनताको लागि हो, त्यसैले सफलता पूर्वक पूरा गर्नु हाम्रो कर्तव्य हो। हामी जनतालाई भगवान् मानेर मात्र अगाडि बढ्न सक्छौं।”

उहाँ कुनै राजनीतिक दलसँग आबद्ध नभई नितान्त जनताको सेवकका रूपमा सक्रिय रहनुभएको छ। नगर सभादेखि कार्यपालिकाका नीतिगत निर्णयसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ। यही समर्पणको कदर स्वरूप उहाँ दुई पटक प्रमुख प्रशासकीय अधिकृत भएर सम्मानित हुनुभएको छ भने २०८२ सालमा जिल्ला समन्वय समितिद्वारा पनि विशेष सम्मान पाउनुभएको थियो।

करीब दुई वर्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरेपछि हाल शाही छायाँनाथ रारा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत हुनुहुन्छ। उहाँको नेतृत्वमा मुगु जिल्ला अस्पतालमार्फत कुष्ठरोग र क्षयरोगका बिरामीहरूको पहिचान र उपचार कार्यक्रम प्रभावकारी बनेको छ।

यसअघि शाहीले विसं २०५३ सालतिर मुगुम कर्मारुङ गाउँपालिका–पुलु स्वास्थ्य चौकी इञ्चार्जको रूपमा पनि सेवा गर्नुभएको थियो। त्यस्तै, मुगु जिल्ला स्वास्थ्य कार्यालयमा रहेर लामो समय जनस्वास्थ्य सेवामा योगदान दिनुभयो।

शाहीको धारणा स्पष्ट छ— “राज्यले दिएका सुविधा प्रत्येक जनताले अनिवार्य पाउनुपर्छ, जनताभन्दा माथि कोही हुँदैन।”

जीवनका अमूल्य क्षणहरू जनताको सेवामा बिताउँदै आएका शाही इमानदार, कर्मठ र समर्पित कर्मचारीका रूपमा चिनिनु भएको छ। उहाँले निर्वाह गरेको भूमिकाले मुगु मात्र होइन, सम्पूर्ण हिमाली जिल्लाका सेवाग्राहीलाई प्रेरणा दिएको छ।

पशुपति शाहीलाई स्थानीयवासीहरूले सधैं ‘जनताको सेवक’ को रूपमा सम्मान गर्दै आएका छन्।

प्रशंसा पत्र

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

अड्गुरी समाज रुपन्देहीको १३औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन जेठ १७ गते बुटवलमा हुने

निरज बिष्ट चम्किँदा एपीएस युनाइटेडले मेगा राइनोजलाई ४ विकेटले हरायो

डीसीसी प्रिमियर लिग–२ को दोस्रो खेलमा सिद्धार्थ रोयलको शानदार जित

डीसीसी प्रिमियर लिग–२ को उद्घाटन खेलमा प्रिन्ट हब किङको शानदार जित

कर्णालीको गौरव: लघु चलचित्र “ह्याप्पीनेस” उत्कृष्ट घोषित, नेपाल र भारतमा जित्यो अवार्ड

छुटाउनुभयो कि ?