
- आज अधिकांश राशिका लागि आर्थिक लाभ, वैदेशिक लगानीबाट फाइदा र शिक्षा क्षेत्रमा सफलता मिल्ने राम्रो दिन रहेको छ।
- केही राशिहरूलाई भने स्वास्थ्यमा समस्या, पारिवारिक टकराब, अनावश्यक खर्च तथा झुटा आरोपको सामना गर्नुपर्ने जोखिम देखिन्छ।
- সামাজিক क्षेत्रमा मानसम्मान मिल्नुका साथै प्रेम र दाम्पत्य जीवन सामान्यतया सुखद रहने योग रहेको छ।
🌼🌻🙏🙏

-
मेष: दिन राम्रो छ । आर्थिक उन्नति हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट नाफा मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
- Advertisement -
-
वृष: दिन सामान्य छ । आम्दानी बढ्नेछ । घमण्डले फाइदा नहुने दिन छ । पुरानो रोगले सताउने जोखिम रहेकाले सचेत हुनुपर्नेछ । दाम्पत्य जीवन सुमधुर बन्नेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
-
मिथुन: समय राम्रो छ । लगानीको क्षेत्रबाट आम्दानी हुनेछ । अरूको प्रभावमा नपर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मनमा उत्साह बढ्ने छ ।
-
कर्कट: शुभ दिन छ । समाज र देशको सेवा गर्ने अवसर मिल्नेछ । आजको लगानीबाट नाफा हुनेछ । धार्मिक यात्रा हुने योग छ । व्यापारमा फाइदा हुनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ ।
-
सिंह: आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । धेरै ग्रह सकारात्मक भएकाले तपाईंको काम बन्नेछ । साथीभाइले साथ दिनेछन् । स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ ।
-
कन्या: दिन सामान्य छ । ठूला लगानीमा हात नहाल्नु उचित हुनेछ । परिवारमा टकराब देखिने भएकाले तपाईंका लागि मौन रहनु फाइदा हुनेछ । व्यापारमा मिहिनेत गर्नुपर्ने समय छ । शत्रु बढ्नेछन् ।
-
तुला: दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आलस्य त्याग्नु राम्रो हुन्छ । समाजबाट सम्मान प्राप्त हुनेछ । परिवारबाट सुख मिल्नेछ । दक्षिणतर्फको यात्रा नगर्नु राम्रो हुन्छ ।
-
वृश्चिक: समय सामान्य छ । आर्थिक क्षेत्रमा लाभ हुनेछ । बन्धु सकारात्मक छन् । अपमान सहनुपर्ने हुनसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।
-
धनु: दिन राम्रो छ । लगानीको क्षेत्रमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या देखिने सम्भावना छ । अनावश्यक खर्च बढ्नेछ ।
-
मकर: व्यापार फस्टाउनेछ । मिहिनेतको फल मिल्न सक्छ । मानिसलाई खुसी बनाउन सक्ने दिन छ । तर झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ ।
-
कुम्भ: दिन सामान्य छ । खर्च बढ्नेछ । छोटो यात्रा तय हुन सक्छ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ । प्रशंसा हुनेछ । दाम्पत्य जीवनमा खटपटी बढ्ने भएकोले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ ।
-
मीन: आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ । दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ।
